×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कुरिलोदेखि एलोभेरासम्मः लाखौंको लोभमा टाट पल्टिँदै किसान

  •  
  • बुधबार, चैत १०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बंगुरले डुबायो, अब पालो आयो किवी र वोधिचित्तको

    सुमनराज पन्त

    Suman-Pantनेपालको आर्थिक समृद्धिमा कृषिले विस्तारै प्राथमिकता पाउन थालेको छ । सरकारी अनुदान, सहुलियत ऋण र अन्य अवसरहरु जुट्दै पनि गएको छ । तर, आधुनिक कृषिको नाममा सिर्जित प्रत्युत्पादक नतिजाको खबर विरलै सुन्न र पढ्न पाएका छौं । कृषि भन्ने वित्तिक्कै उत्पादनलाई मात्र केन्द्रविन्दूमा राख्ने चलनले मिडियामा ठाउँ पाएको छ ।

    डाबरले कुरिलो नकिनेपछि

    एक दशकयताकै कथा हो । तराई क्षेत्रमा कुरिलोको उच्च प्रचार गरिएको थियो । एक कठ्ठामै पनि एक लाखभन्दा बढी आम्दानी हुने हिसाब सुनेर संयौं किसानले धान मासे । रोपेको गहुँ पनि वेवास्ता गरे । धमाधम कुरिलो रोप्न थाले । केही महिनामै लहलह कुरिलोको झाङ देखेर छिमेकी तम्सिए । एक कान, दुई कान हुँदै धेरै जिल्लाका किसान पनि तम्सिए । कुरिलोको विरुवा त ‘ब्ल्याक’मा पनि नपाइने अवस्था आयो ।

    डाबर नेपाल तथा केही आयुर्वेदिक औषधि कम्पनीहरुले यसको उच्च मूल्य हुने भन्दै किसानलाई खेती गराए । किसानले अन्नबाली, तरकारी र उखुसमेत छोडेर कुरिलोले जमीन भरे ।

    कतिपयले बढी मोल तिरेर जमीन भाडामा समेत लिए । सामुदायिक वन उपभोक्ता समूहहरुले पनि कुरिलो रोपे । ६० देखि ६५ सालताका तराईका किसानमा ‘कुरिलो फोबिया’ नै भयो ।

    तर, रोपेको तीन वर्षपछि उत्पादन लिन सकिने कुरिलोले कालान्तरमा भाऊ पाएन । कुरिलो प्रवर्द्धन गर्दै आएका डाबर तथा औषधि कम्पनीहरुले स्वयं ती कुरिलो किन्न चाहेनन् र मानेनन् पनि ।

    कारण, ती कुरिलोमा औषधीय गुणको कमी तथा फसल संकलन, भण्डारण र प्रशोधन (पोष्ट हार्भेष्टिङ) को त्रुटिले सहजै किनबेच हुन सकेन ।

    सैयौं किसानले तीन वर्षसम्म पालेर राखेको ‘कुरिलो सपना’ बालुवाको घर सरह भयो । धेरैले खेतमै कुहाएर मल बनाए । टिपेकाहरुले कवाडी मुल्यमा सल्टाए । यसरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, बारा, पर्साजस्ता मध्य तराइका किसानको बिल्लीबाठ भयो ।Kurilo-650

    जबकि, त्यो बेला, यही कुरिलोलाई प्रवर्द्धन गर्न वन मन्त्रालय स्वयं लागिपरेको थियो । सरकारी र दात्तृ निकायको सहयोग समेत लिएर कुरिलो प्रवर्द्धन कार्यक्रम लागू गरेको थियो । तर, कुरिलो खपत गर्ने डाबरजस्ता एक दुई कम्पनीले वेवास्ता गर्दा त्यही वन मन्त्रालयले रमिते भएर बस्यो । वैकल्पिक बजारीकरणमा कुनै चासो राखेन । किसान थला परे ।

    एलोभेरा र रामदेव

    कुरिलोपछि, एलोभेरा (घिउकुमारी) को चर्चा सुरु भयो । योग गुरु रामदेवले समेत चमत्कारी वनस्पतिको रुपमा प्रचार गरेपछि हजारौं किसान फेरि एलोभेराको चक्करमा परे । मेचीदेखि महाकालीसम्मका किसान, एनजिओ, आइएनजिओ, सरकारी कार्यक्रम सबैतिर ‘एलोभेरा फोबिया’ सवार भयो । बिरुवा बेच्नेले मनग्गे कमाए । जब, उत्पादन लिने बेला भयो, एलोभेरा प्रवर्द्धकहरु हराउन थाले । किसानहरुमा रुवाबासी सुरु भयो । एलोभेराको प्रमुुख प्रवर्द्धक मानिएका चितवनस्थित पाम एग्रोटेकका रुद्र गिरी अपराधीको रुपमा दर्ज भए । उनी समातिए, किसानको उत्पादन नकिनिदिएको आरोपमा ।

    तर, एलोभेरालाई प्रवर्द्धन गर्न हौस्याउँदै आएको वन विभाग र एनजिओ, आइएनजिओहरु बजार खोज्ने तथा किसानलाई दिर्घकालीन लाभ दिलाउनेतिर मौन बसिदिए । बरु, एलोभेराको पोटिलो बोटको फोटो छापेर ‘प्रोग्रेस रिपोर्ट’ बनाउनमै तल्लीन भए । जब, किसानले श्रमको मूल्य लिने बेला आयो, तिनै एलोभेरा प्रवर्द्धक सरकारी र गैह्रसरकारी निकायहरु कुलेलम ठोके । रुद्र गिरीहरु प्रमुख अपराधी बनाइए ।

    अब पालो किवी र बोधिचित्तको

    विकासे कृषिको नाममा यस्तो श्रृङ्खला झनै बढ्दै गएको छ । अहिले सुन्दै आएका छौं, किवी फल र बोधिचित्तको अपार सम्भावना र बजारको बारेमा पनि । केही दिनमै यस्तो अवस्था आउनेछ, किवी फल र बोधिचित्तको लागि पैसा र श्रम अर्पेका किसानहरु फेरि कुरिलो र एलोभेराकै किसानको हालतमा पुग्न सक्छन् ।

    Kiwi,-Finalअहिले किसानलाई किवी फल लगाऊ भनेर कृषि मन्त्रालय र कृषिसम्बन्धी आयोजना, परियोजनाहरु लागिपरेका छन् । तर, तिनको मूल्य अभिवृद्धि गर्ने, वैकल्पिक र दिगो बजार खोज्नेजस्ता काममा ध्यान जान सकेको छैन । पाँच वर्षअघि प्रति केजी दुई हजार रुपैंयाँसम्म पाइने सुनेर खेती गरेका किसानहरु अहिले दुई सय पनि पाउन नसकेर रोएर बसेका छन् । किवी विस्तार हुने जारी छ तर बजारको ग्यारेन्टी गर्ने काम नत किवीका प्रवर्द्धकले गरेका छन् नत सरकारी, गैह्रसरकारी निकायले नै । दुई चार झोला कार्गो गराएको भरमा बढ्दो किवी उत्पादनको बजारीकरण सुनिश्चित हुन सक्दैन । नत, एक सय रुपैयाँमा स्याउ, सुन्तला बिक्ने स्थानीय बजारमा पाँच सय रुपैयाँको किवीले ठाउँ पाउन सहज हुन्छ ।

    त्यसो त, हालसालै एउटै रुखको ३० लाख रुपैंयाँ पाउने आसमा नेपालका डाँडाँकाँडा बोधिचित्तले भरिँदै गएको छ । किसानहरु लाखौंको बिटो सम्भिmएर बसिरहेका छन् । तर, सीमित चिनियाँ क्रेताको मूड र आवश्यकता बदलिने बित्तिकै फेरि हाम्रा बोधिचित्त किसानहरु गल्र्यामगुर्लुम हुने सम्भावना अधिक छ । किनकी, बोधिचित्तको वैकल्पिक बजार हामीसित छैन, नत सरकार र निजी क्षेत्रले खोज्नै सकेको छ ।

    बंगुरको हालत उस्तै

    त्यस्तै, केहीअघि बंगुर पालनको पनि खुबै चर्चा थियो । अहिले पनि खासै घटेको छैन । तर, दाना, औषधि र व्यवस्थापन खर्चको हिसाबले प्रति केजी एक सय सत्तरी रुपैंयाँसम्म पर्ने बंगुर अहिले एक सय रुपैंयाँमा किसानले सल्टाउन नसकेको पीडा छ । उपभोक्ताले तिर्ने रेट प्रति केजी तीन सय भएपनि किसानले त्यसको एक तिहाइ मूल्य मात्र पाउन पनि ठूलै लिंक चाहिने अवस्था आएको छ । अहिले नेपालमा १६ लाखभन्दा बढी बंगुर व्यसायिक पालनमा रहेको अनुमान गरिएको छ । तर, बिक्री नहुँदा संयौं किसान सडकमा आइपुग्न थालेका छन् । सरकार र आयोजना, परियोजनाहरु भने बंगुर पालनबाट ४० प्रतिशतभन्दा बढी खुद नाफा हुने प्रतिवेदन बनाइरहेका छन् ।

    Bangur-2बंगुर पालनको जस्तो पीडा अन्य पशुपालनमा पनि नभएको होइन । उपभोक्ताले ८० रुपैंयाँ तिर्नुपर्ने दूधको मूल्य किसानले भने ४० रुपैंयाँ पाउन पनि हम्मे छ । वर्षभरि लाएर हुर्काएको खसी, बोकाको मूल्य अहिले पनि मासु व्यवसायीले हचुवाको भरमा (धेरैजसो निकै कम मूल्यमा) किन्दै आएको गुनासो किसानको छ । कुखुरा पालनमा पनि उत्पादन लिने बेलामा बजार निर्दयी भइदिन्छ । बजार भाऊको लागि भगवान पुकार्नुको विकल्प किसानसँग हुँदैन । एक लटमा पाएको नाफा र घाटा हिसाब गर्दै पालिएको कुखुरा बेचेर पैसा हात पार्ने बेलामा किसान पुर्परोमा हात राख्न विवश हुन्छन् ।

    जिम्मेवारी कसको ?

    यस्ता विवशताका कहानी नेपालको हरेक कृषि व्यवसायमा छन् । गाई, बाख्रा, कुखुरा पालन होस् वा अन्नबाली, नगदेवाली नै । सबैको पीडा र रोदन छन् । सम्भावना र सपना पालेर कृषि उद्यम गर्नेहरुमा १० प्रतिशतको आत्मा पनि खुसी छैन । किनकी, सर्वस्व लगाएर उत्पादन गर्‍यो, बजार उनीहरुको हितमा हुँदैन । कृषि उपजको समर्थन मूल्य कहिल्यै तोकिँदैन । बजार भाऊको तनाव सँधै भइरहन्छ ।

    कृषिको व्यवसायिकीकरणको नारा लगाउने सरकारी र गैह्रसरकारी निकाय तथा कृषक संगठनहरु किसानको पक्षमा उभिँदैनन् । किनकि, उनीहरु केवल उत्पादन बढाउने र सपि्रएको लौका, एकै बेतमा १५/१६ पाठापाठी जन्माएको बंगुर र क्यानमा दूध खन्याउँदै गरेको किसानको फोटो छापेर मख्खिदै व्यस्त छन् ।

    त्यसर्थ, अहिलेको आवश्यकता, कृषि उत्पादनको भन्दा पनि बजार व्यवस्थापनको हो । किसानको पेशा नै हो उत्पादन गर्ने, तर बजार बनाउने उनीहरुको हातमा हुँदैन ।

    त्यसैले कृषि व्यवसायिकीकरणमा अग्रसर सरकारी निकाय, गैह्रसरकारी निकाय र निजी संगठनहरुले कृषि उपजको मूल्य अभिवृद्धि र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था आइसकेको छ । किसानको बढ्दो निराशालाई उत्साहमा परिणत गर्ने जिम्मा यिनै निकायको हो ।

     onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.