सरकारले ११ जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले भक्तपुरका तोयम रायमाझीलाई मोरङ सरुवा गरेको छ भने झापाका तेजप्रसाद पौडेल सरुवा भएर भक्तपुर पुगेका छन् ।
काभ्रेका मदन भुजेललाई झापा सरुवा गरिएको छ । यस्तै, सुर्खेतका बलदेव गौतमलाई गोर्खा र बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको छ ।
तनहुँका महादेव पन्थलाई नवलपरासी सरुवा गरिएको छ । प्रहरी किताबखानाका कृष्ण ढुंगानालाई बारा सरुवा गरिएको छ । गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडियो बनाएर पठाइएको छ ।
बर्दियामा विष्णु थापालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ ।
त्यसैगरी गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा तानिएको छ । त्यसैगरी मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको छ ।




















