कैलासबावु श्रेष्ठ/गोरखा
पौष २९ गते । बिनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको गोरखाको बारपाकमा पुनः अर्को ठुलो भ्वाङ्ग फेला परेको छ । कच्ची सडक रहेको उत्त स्थानमा आज बिहान मात्रै उत्त भ्वाङ्ग परेको थियो । भ्वाङ्ग देखीए पछि बारपाकी पुनः त्रासमा रहेका छन ।
बारपाक गाउँ बिकास समिति ४ को सर्पाङ्ग भन्ने स्थानमा फेला परेको उत्त भ्वाङ्ग १५ फिट गहीराईको भएको बारपाक ७ का शुकराज गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए । गुरुङ्गका अनुसार हिजो साँझ सम्म पनि उत्त स्थान भएर सवारी साधान चली रहेको भएता पनि आज बिहान अचानक ठुलो भ्वाङ्ग देखीएको बताए ।
बिस्थापीत पछि दलित बस्ती बस्दै गरेको उत्त स्थानको १ सय मिटर मुनी रहेको उत्त सड्कमा परेको भ्वाङ्ग हेर्न अहिले भिड नै लागेको छ । माथि बाट सानो प्वाल भएको उक्त भ्वाङ्ग भित्री गहिराई र चौडाई ठुलो भएको गुरुङ्गले टेलिफोन मार्फत जानकारी गराए ।
बिगतमा भूकम्प गएको बेला मान्द्रेमा देखीएको भ्वाङ्ग भन्दा पनि यो ठुलो भएको भन्दै भूगर्ववीदहरुलाई हेरीदिन बारपाक बासीले आग्रह गरेका छन ।
फोटो सौजन्य सुकराज गुरुङ्ग/बारपाक




















