×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिमपात प्रभावित वारपाकीलाई सरकारी राहत त्रिपाल र बिस्कुट

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो । गोरखा, वैशाखमा गएको भूकम्पको केन्द्रविन्दू वारपाकका हिमपात प्रभावित बासिन्दाका लागि पहिलो खेप सहयोग सामग्री पुर्‍याइएको छ । हिमपात भएको ४ दिनपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री लगिएको हो । तर धेरैजसो बिस्कुट, त्रिपाल र पानी भर्ने जग लगायतका सामग्री आइपुगेको बारपाकका बासिन्दाले बताएका छन् ।

    आफूहरुले न्यानोका सामग्रीको आशा गरेपनि बिस्कुटलगायत सामग्री खसालेर हेलिकप्टर फर्किएको खेमराज घलेले बताउनुभयो । बुधबार थप सामग्री ढुवानी गरिने जिल्लास्थित नेपाली सेनाको भैरवी दल गणले जनाएको छ ।

    लाप्राकमा राहत सामग्री पठाउन कठिन

    वारपाकको छिमेकी लाप्राक गाविसमा भने दिनभर बाक्लो हुस्सु लागेकाले सामग्री पुर्‍याउन कठिनाई भएको छ । केरौंजा, उहीया, मान्बु, काशिगाउँ, गुम्दा लगायतका गाविसमा पनि हेलिकप्टर मार्फत न्यानोका थप सामग्री लगिएको छ । हिमपातपछि वारपाकसहित गोरखाको उच्च पहाडी क्षेत्रका भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ ।

    यसअघि १० हजार रुपैयाँ बराबरको न्यानोका सामग्री बाँडिएपनि त्यसकै भरमा जाडो थेग्ने अवस्था नरहेको घलेको भनाई छ ।  चिसोकै कारण भूकम्पपीडितहरु बिरामी पर्न थालेका छन् । धेरैजसोमा घाँटी दुख्ने, रुघाखोकी, ज्वरो र जीऊ दुख्ने लगायतका समस्या देखिएको वारपाक स्वास्थ्य चौकीका अहेव अनिल शाहले बताउनुभयो ।

    नाकावन्दीका कारण त्यस क्षेत्रका स्वास्थ्य चौकीहरुमा पर्याप्त औषधी छैनन् । तत्काल अभाव नभैहालेपनि ढुक्क हुने अवस्था भने नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    हिउँ पग्लिन थालेपछि जनजीवन सामान्य बन्दै

    वस्ती र बाटोको हिउँ पग्लेपछि जनजीवन बिस्तारै सामान्य बन्दै जान थालेको छ । तर वनजंगल र खोंचहरुमा अझै हिउँ जमिरहेकाले बस्तुभाऊ चराउन र घाँसदाउरा गर्न समस्या भएको वारपाकका मनुष घलेले बताउनुभयो । हिउँ पग्लेपछि बाटोघाटो चिप्लो भएकाले हिँडडुलमा पनि समस्या भैरहेको उहाँको भनाई छ ।

    बैशाख १२ गते भूकम्प गएको ९ महिना हुन लाग्दा समेत स्थायी वासको ब्यवस्था हुन नसकेकोमा भूकम्प प्रभावित गाविसका वासिन्दाले चित्त दुखाएका छन् ।

    किस्ता किस्तामा राहत रकम र सामग्री वितरण गर्नुभन्दा पुनर्निर्माणमा जोड दिनुपर्ने उनीहरुको भनाई छ । वारपाककै खेमराज घले भन्नुहुन्छ, “घैंटो किन्दा किन्दा गाग्री किन्ने पैसा खर्च भयो, तर हाम्रो घर बनेन ।”

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.