×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘कति दिन हिउँ पिउनुपर्ने हो !’

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नरहरि सापकोटा

    लाप्राक (गोरखा)-लाप्राक, गुप्सीपाखास्थित अस्थायी टहरामा बस्दै आएकी विषमाया गुरुङकी दुईवर्षे छोरी गंगा गुरुङ चिसोले थलिएको महिनौं भयो । नजिकै स्वास्थ्यचौकी छैन । सदरमुकामसम्म आएर उपचार गराउन आर्थिक हैसियत पनि रहेन ।
    शुक्रबार रातिको हिमपातपछि टहरामा बस्दै आएकी गंगाको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गयो ।
    ‘ज्यानभरि खटिरा आएको छ, टाउको र शरीरका घाउ पाकेका छन्,’ विषमायाले भनिन् ।

    मंगलबार लाप्राक पुगेको नेपाली सेनाको चिकित्सिक टोलीले उनको प्राथमिक उपचार त गर्यो तर त्यतिले मात्र निको हुनु सम्भव थिएन । टोलीले उद्धार गरी मंगलबारै गोरखा अस्पताल ल्याएर प्राथमिक उपचार गरायो । थप उपचारका लागि सेनाले आफ्नै प्रयासमा काठमाडौं लैजाने भैरवीदल गण, गोरखाका गणपति शिवराज पन्तले जानकारी दिए ।

    सेनाले लाप्राकमा २ सयभन्दा बढी स्थानीयको उपचार गरेको थियो ।

    सेनाको टोली लाप्राक आउनुअघि आइतबार गृह मन्त्रालयको एक टोली आएर पनि अवस्था बुझेर फर्किएको स्थानीय मार्सिङ गुरुङले बताए । ‘चिसोले धेरैलाई बिसन्चो बनाएको छ,’ उनले थपे, ‘हिउँ पिउनुपर्छ, पानी जमेको छ, घाम लागेको छैन,’ पिउने पानी शुद्ध नहुँदा र हिउँ जमेको टहरामा बस्नुपर्दा झन् समस्या भएको गुनासो लाप्राकीले गरेका छन् ।

    सेनाका चिकित्सक बिन्दु पाण्डे र निरञ्जन पुडासैनी नेतृत्वको टोलीले उनीहरुको उपचार गरेको थियो । ‘सबैलाई रुघा–खोकी, पखाला, लागेको छ,’ डा. पाण्डेले भनिन्, ‘सबैमा चिसोबाट लाग्ने रोगको लक्षण देखिन्छ ।’

    वृद्धवृद्धा र बालबालिकामा बढी समस्या रहेको डा. पाण्डेले बताइन् । हिमपातपछि राहत र चिकित्सक टोलीसहित नेपाली सेना मंगलबार लाप्राक पुगेको हो । दुई दिन प्रयासपछि पुगेको सेनाले हेलिकप्टरमा न्यानो कपडा, त्रिपाललगायत सामग्री ढुवानी गरेको हो ।

    सेनाको हेलिकप्टर मंगलबार एकपटक मात्र लाप्राक बस्न सक्यो । मौसमी बिग्रेपछि पुरानो लाप्राक गाउँसम्म पुगेको हेलिकप्टर भूकम्पपछि लाप्राकबासी बस्दै आएको गुप्सीपाखासम्म जान पुग्न सकेन । दुईपटक प्रयास गर्दा पनि हेलिकप्टर जान नसकेको पाइलट कर्नेल किरण थापाले बताए । सेनाले मंगलबार बिहान करिब ९ बजेतिर लाप्राक पु¥याएर फर्केको चिकित्सकसहितको उद्धार टोलीलाई पुनः लाप्राक पुग्न नसक्दा बारपाकबाट साँझ मात्र उद्धार गरेको थियो ।

    ‘अब घर पाए हुन्थो’

    ‘हामीले राहत धेरथोर पाएकै छौँ, खाना जसोतसो खाएकै छौँ, अब घर पाए हुन्थ्यो, सबै लाप्राकीको चाहना यही हो,’ स्थानीय राज गुरुङले हिउँले सेताम्य ढाकेको टहरा देखाउँदै भने, ‘हेर्नुस् त माथि पनि हिउँ जमेको छ, भुइँमा पनि हिउँ छ, कसरी सुत्नु ?’

    न्यानो लुगा, त्रिपाल, टोपी, ज्याकेटजस्ता राहत सामग्री पुगे पनि हिउँको अत्यधिक चिसोले त्यस्ता राहतले जाडो नथेग्ने उनले बताए ।

    ‘घर भए भो ,भित्र बस्दा, सुत्दा बाक्ला लुगा लगाएर हुन्छ, चिसोले छुँदैन,’ गुरुङले थपे, ‘छ्याङछ्याङ्ती बनेको टहरामा कसरी जोगिनु ?’

    हिउँछेको टहरामा भाँडा पखाल्दै गरेकी शान्ति गुरुङ आफूले घर बनाउन पनि सक्दिनन् । सरकारले बनाइदिन्छ भन्ने सुनेकी उनलाई पत्यार लागेको पनि छैन । ‘वर्षौं लगाएर ढुंगामाटोले बनाएको घर छिनभरमै भत्कियो,’ उनले दुःखेसो गर्दै भनिन्, ‘बनाइदिने नै भए सरकारले छिट्टै घर बनाइदिएहुन्थो, हामीले सक्दैनौं, टहरामा हिउँ खाएर मर्ने भइयो ।’

    लाप्राकका स्थानीय सबैको माग एकै छ ‘सरकारले राहतभन्दा पनि घर चाँडो बनाइदिए हुन्थ्यो । अहिले बाँडेका राहतले आउँदो वर्ष सम्म नथेग्ने भएकाले राहत छाडेर घर निर्माण गरिदिन स्थानीयले त्यहाँ पुगेकालाई अनुनय गर्ने गरेका छन् । मंगलबार त्यहाँ पुगेको सेनाको टोलीलाई पनि उनीहरुले त्यही दोहोर्याए । हिउँ पर्न छाडे पनि लाप्राकमा चिसो घटेको छैन । अत्यधिक जाडो छ तैपनि स्थानीय बाध्यताले दैनिकी चलाइरहेका छन् । टहरामा चलेको विद्यालयमा विद्यार्थी हात कमाएर परीक्षा दिइरहेका छन् । फाट्टफुट्ट घाम देखिए पनि तातो पाउँदैनन् ।

    मंगलबार हिमपातपछिको लाप्राक गाउँ । शुक्रबार रातिदेखि पटकपटक हिमपातले टहरामा आश्रित भूकम्पपीडितको बिचल्ली छ भने धेरैजसो बिरामी पर्न थालेका छन् ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.