×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पपीडित भन्छन्, ‘सरकारले घर बनाइदेला त ?’

  •  
  • मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २८, २०७२- कहाँ बसूँ, के खाऊँ, के लाऊँ भन्ने पीडामा अलमलिएकी ५० वर्षीया विधवा गोरीमाया कुसुले निकै खुसी देखिइन्, जतिखेर उनी भत्किएको घरअघि उभिएर इन्जिनियरलाई जवाफ दिँदै थिइन् । इन्जिनियरले भत्किएको घरका साथै उनको तस्बिर खिच्दै गर्दा गोरीमायाले भनिन्, ‘इन्जिनियरसाप, अब सरकारले घर बनाइदिन्छ ?’ टहरामा बस्दै आएकी उनले सरकारले पैसा दिनेबित्तिकै घरको जग हाल्ने बताइन् । ‘पक्की र न्यानो घर भए पुग्छ,’ गोरीमायाले भनिन्, ‘खान–लाउन त दिनभरि गरेको ज्यालामजदुरीले पनि पुग्छ ।’

    यतिखेर दोलखाका २ गाविसबाहेक हरेक परिवारमा इन्जिनियर टोली पुगेर विद्युतीय तथ्यांक संकलन गर्दै छ, यसबारे हल्लीखल्ली नै चलेको छ । ट्याब्लेटमार्फत जीआईएस नक्सा लिएर तत्काल अनलाइनमार्फत तथ्यांक विभागमा पठाउने कामले वास्तविक भूकम्पपीडित खुसी देखिन्छन् । फर्जी पीडित भने अतालिएका छन्, उनीहरू राजनीतिक दलका नेतालाई दबाब दिइरहेका छन् । दिनभरि कोदालो खनेर पाएको ज्यालाबाट गुजारा गर्ने गोरीमायालाई पक्की घरको जरुरी छ । उनीजस्तै दोलखाका वास्तविक पीडित सरकारको घर बनाइदिने कार्यक्रमको प्रतीक्षामा छन् । चिसोले पिरोलिएका उनीहरूले आउने वर्षातअगावै घर बनाउने कार्यक्रम सुरु हुने इच्छा व्यक्त गर्छन् । त्यसैका लागि अन्तर्राष्ट्रिय दाताको इच्छाअनुसार विद्युतीय तथ्यांक संकलन थालिएको हो । १ इन्जिनियर र १ सामाजिक परिचालक टोलीले ट्याब्लेटबाट भूकम्प प्रभावित परिवारको सामाजिक, आर्थिक तथा जनसांख्यिक विवरण संकलन गरिरहेको छ ।

    जिल्लाका करिब ६० हजार भूकम्पपीडित हुने अनुमान गरिए पनि करिब ८५ हजार पीडित परिवारको नामबाट परिचयपत्र जारी गरिएको छ । तथ्यांक संकलनले फर्जी पक्रने हो कि भन्ने डरले कतिपय अतालिएको पाइएको छ । केही पक्षको असन्तुष्टिपछि उक्त सरकारी कामप्रति जिल्लास्थित राजनीतिक दलले पनि संशय प्रकट गरे । दलको असन्तुष्टिपछि केही स्थानमा संकलनमा खटिएका इन्जिनियर टोलीलाई कामसमेत रोक्न लगाए । तथ्यांक संकलनप्रति भइरहेको भ्रमको यथार्थ बुझ्न दलहरूको मागबमोजिम आयोजित कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले संकलनमा कोही नछुट्ने र कोही नदोहोरिने बताए । यसले सरकारलाई जिम्मा दिनेमात्र काम विभागको भएको उनले स्पष्ट पारे ।

    सबै जिल्लामा आधुनिक प्रविधिबाट तथ्यांक लिइसकेपछि पुनर्निर्माण थाल्ने योजना भएकाले दलहरूले काम सुचारु ढंगले सुरु गर्न राजी भएका छन् । उनीहरूले परिचयपत्रका आधारमा घरपरिवारको पहिचान हुने गरी तथ्यांक संकलन गर्ने सुझाव दिएका थिए । दलहरूले संकलनमा समग्र भौतिक क्षतिको विवरण पनि संलग्न हुनुपर्ने सुझाव दिएका छन् । हिमपात हुने गौरीशंकर र लामाबगरमा भने अहिले तथ्यांक संकलन हुँदैन । अन्य गाउँ र बजारमा १ सय २७ इन्जिनियर र १ सय २७ सामाजिक परिचालक खटिरहेका छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.