×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बारपाक लाप्राकको ब्यथा (ब्लग)

  •  
  • सोमबार, पुष २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    रमेशकुमार पौडेल

    स्नानका भूकम्प पीडित बस्दै आएका बारपाक बजार नजिकको जौमरमा रहेको त्रिपाल र जस्ताको आफ्नो छाप्रो अगाडी साढे तीन वर्षकी बालिका प्रिस्टिना गुरुङ ।
    ‘यो चिसोमा साह्रै नै कष्ट छ बाबु । हेर्नुस् हामीले आगो हातले टिप्ने हो। पानी चिम्टाले झिक्ने हो’ बारपाक बजारमा भेटिएकी लाप्राक–६ की ७४ वर्षीया वृद्धा दमनी गुरुङले भन्दै थिइन्। भूकम्पपछि अस्थायी शिविरमा बस्दै आएकी उनलाई चिसोदेखि योभन्दा अघि यस्तो डर खासै लाग्दैन थियो। तर त्रिपालभित्र रात कटाउनु पर्दा अचेल आजै मरिन्छ कि भोली मरिन्छ भन्ने त्रास छ। राति त्रिपालबाट चुहिने शितको थोपा ओढेका लुगामा जमेर बसेको हुन्छ। चिसाले हात मरे जस्तै हुन्छ। अरु काम गर्न सकिन्न। कुनै चाल नपाउने हुँनाले आगोको कोइला हातैले समाए पनि हुन्छ। भाडामा राखेको पानी जमेको हुन्छ। फोड्नलाई चिम्टाले हिर्काउनु पर्छ।
    लाप्राक बारपाकमा हिउँ पर्नुभन्दा अघिल्लो दिन भेटेको बेलामा दमनीले त्यहाँको दुःख बेलिविस्तार लगाएकी हुन्। छपक्कै हिउँ परेपछि त्यहाँको अवस्था झनै के भएको होला ? सहजै अनुमान लगाउन सकिन्छ। बिहीबार मध्यान्ह बारपाक पुग्दा घाम राम्रैसँग लागेको थियो। तै पनि चिसो कम थिएन। पुसको पहिलो हप्ता योभन्दा धेरै चिसो रहेछ त्यहाँ। बारपाकको हिमालयन उच्चमाविका प्रचार्य विष्णुदेवप्रसाद साह भन्दै थिए–पुसको सात आठ गते सदरमुकाम गोरखाबाट स्थानीय शान्ति समितिको टोली यहाँ आएको थियो । भोलिपल्ट हिँड्ने बेलामा उहाँको गाडीको सिसामा पुरै तुसारो जमेको थियो। एक किट्ली तातोपानी खन्याएर सफा गर्नु पर्यो।’
    Mandre
    तुसारोको बदला हिउँ नै परेपछि अवस्था जटिल अवस्य हुन्छ । यो जटिल अवस्थाले भूकम्प पीडितहरुको बेहाल बनाउने निश्चित छ। बैशाख १२ गते गएको बिनासकारी भूकम्पको केन्द्र विन्दु गोरखाको बारपार हो। यो वारपाकमा त्यो बेला भत्केका घरहरु अहिले पनि उही भग्नावशेष अवस्थमा छन्। मान्छेहरु अस्थायी टहराहरुमा बसेका छन्। अस्थायी टहरा कि जस्ताका छन् कि त्रिपालका छन् । जस्ता र त्रिपालले चिसो छेक्न सक्दैन । सरकारले बेलैमा योजना नल्याउँदा चिसोको चर्को मार खप्ने बाध्यता पीडितहरुलाई परेको छ। शित, तुषारोपछि हिउँनै पर्न थालेपछि भूकम्प जाँदाको समय र अहिले उनीहरुलाई उस्तै उस्तै कष्टकर लाग्ने गर्छ।

    सदरमुकाम गोरखा नपुग्दै १२ किलो भन्ने ठाउँबाट उत्तरतर्फ लागेपछि कही नरोकी सरासर जाने गाडीमा दुई घण्टापछि बालुवा भन्ने ठाउँमा पुगिन्छ। बालुवासम्म दरौदी नदीको किनारै किनार समथर भूभाग छ । बालुवापछि बारपाक पुग्न उकालो चढ्नु पर्छ। भूकम्पले गरेका विनासका चिन्हहरु बालुवा नुपग्दै पनि देखिन्छन् । जस्ता पाताबाट बनेका अर्ध गोलाकार अस्थायी टहराहरु बाटोमा भेटिन्छन्। तर बालुवाबाट उकालो चढेर जब्बर पहाड भ्याएपछि आँखैमा ठोकिन आउँछ मान्दे्रको अस्थायी शिवर। जहाँ जस्ता र त्रिपालका साना साना छाप्राहरु छन् ।

    बैशाख १२ को कम्पनले मान्द्रेका सुरेन्द्र गुरुङको घर ध्वस्त बनायो। बारपाक–२ मा पर्ने मान्द्रका १२५ घर बस्नै नमिल्ने गरेर भत्किए। जमिन भाँसिएको छ। ठाउँ ठाउँमा चर्केको छ। त्यसैले सवै गाउँले सुरक्षित मानिएको बाटो किनार र त्योभन्दा केही तल पाखोमा साना साना छाप्रा बनाएर बसेका छन्। जस्ताले छाएको र बारेको सानो छाप्रोमा सुरेन्द्रको परिवारका १० जना बस्छन्। मान्द्रको एउटा सानो जस्ताको छाप्रो अघि भेटिइन निसा गुरुङ। मान्द्रे उनको माइती गाउँ रहेछ। उनको काखमा एक वर्षकी भदैनी निनु थिइन्। छाप्रोमा निनुसहित बुहारी सरगम आमा हुताने र अर्को भाइ चैतेबहादुर बस्ने गरेको निसाले बताइन्। सरगमका श्रीमान विदेशमा छन्। चैतेबहादुर उनका जेठाजु हुन्। प्रकोपले बिचल्ली बनाएको यो परिवारले जसो तसो गुजारा गरेको छ सानो छाप्रोमा।

    ‘भूकम्पपछि वर्षा आयो । त्यो बेलामा पनि साह्रै दुख पाइयो । अहिले जाडो आयो । तर हामी घरबार नष्ट भएकालाई के गर्ने हो सरकारले चाडै सोच्नु पर्ने हो । यस्तै पारा हो भने त जाडो सकिन्छ त्यसपछि गर्मी आउँछ र वर्षा पनि आउँला,’हामी यही छाप्रामा मर्ने’ सुरेन्द्रले भने। मान्द्रेभन्दा केही पर मुलबाटो नजकै फेरि भेटिन्छ अर्को अस्थायी शिविर । जहाँ मान्द्रको भन्दा पनि गुजुमुज्ज परेका साना साना छाप्राहरु छन् । बारपाक–८ मा पर्ने जौमारको सो ठाउँमा वडा नं. १ स्नानका भूकम्प पीडितहरु जेठदेखि बस्दै आएका छन्।

    मुलबाटो नजिक भएकाले गाडी ओहर दोहर गर्दा उड्ने धुलो त्रिपाल र जस्तामा गएर लपक्कै टाँसिएको छ । रात र बिहानमा शित तप तप चुहिन्छ । त्यस्तो ठाउँमा ४३ घरले आश्रय लिएका छन् । स्नानमा पहिरोको जोखिम बढेपछि बस्दै आएको थात थलो छाडेर हिड्नु पर्ने बाध्यता उनीहरुलाई परेको हो। तीन हप्ताकी सुत्केरी अस्मिता गुरुङदेखि ७७ वर्षका वृद्ध भगिमान गुरुङसम्म त्यहाँ भेटिए। त्यो ठाउँ छाडेर अलि फराकिलो र हुरि बतास, शित तुषारोले नभेट्ने बासमा कहिले बस्न पाइने हो उनीहरुले उत्तर भेटाउन सकेका छैनन्।

    बारपाक बजार, यो एउटा सुन्दर क्षेत्र हो। दुईवटा डाँडाको पाखामा तलदेखि माथिसम्म मिलाएर बनाइएका घरहरुका कारण यो ठाउँ साह्रै मनमोहक छ। हिमालको काखमा रहेको बारपाक पर्यटकका लागि पनि आकर्षणको केन्द्र हो। लहरै घर त्यसपछि बाटो अनि घर त्यसपछि बाटो हुँदै फेददेखि टाकुरोसम्म बसेको बस्तीमा बैशाख १२ को भूकम्पअघि ढुंगाको गाह्रो र ढुंगाकै छानो (स्लेट) भएका घरहरु प्रसस्तै थिए। तर भूकम्पले त्यो सुन्दरता भताभुङ्ग बनायो। अहिले जस्ताका अस्थायी टहरा देखिन्छन् । टहराभित्रको जीवन सहज छैन ।

    बारपाक बजारको सवैभन्दा शिरानमा छ कोट टोल। घरको गाह्रो बनाउने काम गर्ने ५० वर्षका चेतबहादुर गुरुङको भूकम्पले घर मात्रै भत्काएन आफ्ना सन्तान दुई छोरीमध्ये एकको ज्यानै लियो । भूकम्पले उनको आमा मलमति, भाई बुहारी रामामाया, भाइकी छोरी प्रकृति र आफ्नी छोरी पुष्काको ज्यान लिएको क्षण सम्झदा अझै पनि उनका आँखा रसाउने गर्छन् । भूकम्पका छ महिना उनको परिवारले अन्यत्रै बितायो । तर जाडो आउने देखेपछि जसो तसो पहिला भत्केको घरको भग्नावशेषबाट ढुंगा हटाएर जस्ताले बारेको र छाएको सानो घर तयार पार्यो ।

    छाप्रो बनाउन झण्डै दुई लाख खर्च भएको छ । ऋण गरेर तयार गरेका हुन् उनले यो छाप्रो । सरकारले दुई लाख दिने कुरा सुनेका उनले पाएमा ऋण चुक्ता गर्ने सोच बनाएका छन्। तर पहिल्यै घर बनाउनेलाई सरकारले पैसा दिँदैन भन्ने चर्चा गाउँभरी छ । ‘सरकारले दिए ऋण नतिरौला दिएन भने लड्न भिड्न भएन । भूकम्पले त्यत्रा आफन्त लग्यो । अब ति केही गरे आउँदैनन् । अरु कुरा पाइएन भनेर के पिर मान्नु,’ चेतबहादुरले भने।

    चेतबहादुरले जे पर्ला पर्ला भनेर आँट गरेर घर बनाए पनि सबैले यसो गर्न सकेका छैनन्। बासको जोगाड गरे सरकारले सहयोग नदेला कि भन्ने त्रासले पीडितहरुले यो जाडोमा नराम्ररी दुख पाएका हुन्। सरकारलाई यसको हेक्का छैन।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.