×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिउँले टहरामै थुनिए पीडित

  •  
  • सोमबार, पुष २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नरहरि सापकोटा
    भच्चेक (गोरखा)- जस्ता र त्रिपालमुनि हिउँद काटिरहेका भूकम्प पीडितलाई हिउँले थप कष्ट दिएको छ। उत्तरी गोरखामा शुक्रबार राति परेको हिउँ आइतबारसम्म पनि नपग्लिएपछि उनीहरू टहराभित्रै ‘बन्दी’ छन्। यसै पनि अत्यधिक जाडो हुने उत्तरी भेगमा हिउँले चिसो अझ बढाएको छ। पीडितहरू टहरोबाट बाहिर निस्कन सकेका छैनन्।
    हिमपातपछि दुई दिनयता ती गाउँमा घाम लागेको छैन। लाप्राक र त्यसमाथिका गाविस पूरै हुस्सुले ढाकिएका छन्। चिसोले सुत्न नसकेपछि पीडितहरु आगो तापेर रात काटिरहेका छन्। दिउँसो पनि अँगेनो छाड्न सकिरहेका छैनन्। १५ सय मिटरभन्दा माथिको भेगमा असिनापानीसँगै हिमपात भएको थियो।…
    बुढ्यौली ज्यान। कम्मरमाथि एउटा ज्याकेट, टाउकोमा ढाकाटोपीमाथि टम्म गलबन्दी बेरेका छन्। कम्मरमुनि तिघ्रासम्म छोप्ने पातलो अनि मैलो कछाड। टहराबाट फुर्रफुर्र हिउँ खस्छ। चिसोले ज्यान सिरिङ्ङ भएपछि उनी कछाड घुँडासम्म तन्काउन खोज्छन् तर भ्याउँदैन। ‘अरू लुगा त भए पो लगाउनु,’ हंसपुर–३ का ७१ वर्षे हर्कबहादुर गुरुङले लुगलुग काँप्दै भने, ‘न्यानो लुगा किन्न दिएको १० हजार साहूको ऋण तिर्दै ठिक्क भो!’
    माथिल्लो भेगमा हिमपात भएपछि सँगै जोडिएका हंसपुर, भच्चेकलगायत तल्लो भेगमा पनि शनिबार बिहानैदेखि हिउँ र असिना दन्कियो। डाँडाकाँडा हिउँले छपक्कै थिए। कामविशेषले घरबाहिर निस्कनुपर्नेहरूलाई अझ बढी सकस छ। हंसपुर–९ का जुठे विकको घरमा एउटा थोत्रो सिरक र दुइटा डसनाबाहेक केही छैन। चार जनाको परिवार त्यसैले गुजारा चलाउँदै छ। ‘घरभित्रै आगो फुकेको छु, बाहिर निस्कनै गाह्रो भो, असिनापानी पर्योज, अहिले हावा चलेर ठन्डीले मार्ला जस्तो छ,’ राहत लिन भच्चेक बजार झरेका उनले भने।
    लाप्राकका राज गुरुङले दुई दिनदेखि घरबाहिर निस्कन नसकेको बताए। ‘चिसोले मार्लाजस्तो छ,’ उनले भने, ‘बाहिर निस्किएर घरधन्दा गर्ने अवस्था छैन।’ शनिबार दिउँसोदेखि हिमपात थामिए पनि जमेको हिउँ पग्लिएको छैन। सबै टहरा हिउँले छोपिएका छन्। गुप्सीपाखामा आश्रय लिइरहेका ६ सय भूकम्पपीडित परिवार कष्ट बेहोरिरहेका छन्। त्यसै गरी चुम्चेको रुन्चेत गाउँका २९ परिवारलाई बाहिर निस्कनै सकस छ। हिउँ जमेर बस्नै नसकिने भएकाले आइतबार बिहान उनीहरूले स्थानान्तरण गरिदिन आग्रह गरेको प्रहरीले जनाएको छ। ‘हिउँ नपग्लिएकाले चिसो अत्यधिक छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर आचार्यले उत्तरी गोरखामा रहेका प्रहरी युनिटलाई उद्धृत गर्दै भने, ‘जनजीवन सामान्य भइसकेको छैन।’
    हिमपातपछि तिब्बतसँग सिमाना जोडिएका छेकम्पार, सामागाउँ, चुम्चेतलगायत गाविसको तापक्रम माइनस १५ डिग्रीसम्म झरेको गाविस सचिवले बताएका छन्। धारा, कुवा र घरमा भाँडोमा राखेको पानीसमेत जमेको छ। सँगै जोडिएका बिही, प्रोक, ल्हो, उहिया, केरौँजा, काशीगाउँ, बारपाक, गुम्दामा पनि हिउँले स्थानीय घरबाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ। भूकम्पको केन्द्रविन्दु भएकाले यस क्षेत्रका कुनै पनि संरचना जोगिएका छैनन्। सबै अस्थायी टहरोमा आश्रित छन्। जस्ता र त्रिपालमा लपक्कै हिउँ जमेको छ। पीडितहरू जतिखेरै आगो तापेर बसिरहेका छन्। शनिबार दिउँसो मलिनो घाम लागेको बारपाकका जितबहादुर घलेले बताए। आइतबार दिनभर चिसो हावा चलेकाले जाडो पहिलेभन्दा पनि बढी छ।
    सरकारले पठाएको न्यानो लुगाबापतको १० हजार रुपैयाँ उत्तरी दुर्गमबासीको हातमा भर्खरै मात्र परेको छ। लुगा किन्न ती स्थानबाट कम्तीमा चार दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्छ। भूकम्पले गोरेटोबाटो समेत भत्काउँदा दैनिक उपभोग्य सामग्रीसमेत लैजान सकिएको छैन। पीडितलाई बिहान–बेलुकी पेट भर्नै समस्या रहेको छेकम्पारका गाविस सचिव कृष्णप्रसाद भट्टराई बताउँछन्।
    लाप्राक पुग्यो सरकारी टोली
    हिउँले थप कष्ट बेहोरिरहेका भूकम्प पीडितको अवस्था बुझ्न गृह मन्त्रालयको टोली आइतबार लाप्राक पुगेको छ। सहसचिव रामेश्वर दंगाल नेतृत्वको तीन सदस्यीय टोलीले लाप्राक, गुप्सीपाखाका स्थानीयको अवस्थाबारे जानकारी लिएको हो। प्रधानमन्त्रीको निर्देशनमा पुगेको सरकारी टोली स्थानीयसँग सोधपुछ गरी फर्किएको छ। लाप्राकका भूूकम्पपीडितलाई वितरण गर्न आइतबार नै ४ सय थान सिरक, म्याटे्रसजस्ता न्यानो कपडा पठाइसकिएको सहसचिव दंगालले बताए। उनले भने, ‘सोमबारबाट बितरण गर्छौं, दिउँसोसम्म पुग्छ होला, त्यहाँ न्यानो लुगा खरिदका लागि १० हजार रुपैयाँ पनि वितरण भइसकेको छ ।’
    बारपाकस्थित प्रहरीचौकीका असई कुलबहादुर अधिकारी नेतृत्वको टोली आइतबार तीन घन्टा हिँडेर लाप्राक पुगेको छ। उनीहरूले महिलाहरू बस्दै आएको अस्थायी शिविरमा जमेको हिउँ फुटाइदिएका छन्। उक्त टोलीले हिउँले च्यापिएर भत्किएको शिविर मर्मत गरिदिएको प्रहरी निरीक्षक शंकर आचार्यले बताए। उनले भने, ‘बिहानै प्रहरी पुगेर स्थानीयलाई सहयोग गरिरहेको छ तर हिउँ अझै पग्लिएको छैन, डम्म हुस्सु लागिरहेकै छ।’ स्वास्थ्यचौकीसमेत हिउँले पुरिँदा स्थानीयलाई स्वास्थ्यसेवा लिन गाह्रो परेको छ। प्रहरीले स्थानीयसँग मिलेर त्यहाँको हिउँ पन्छाइरहेको आचार्यले जानकारी दिए। हिउँकै कारण शुक्रबारदेखि लाप्राकमा टेलिफोन सम्पर्क अवरुद्ध छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.