रञ्जित सिंह/काठमाण्डौं
पौष २७ गते । भोटेकोशी र सुनकोशीको किनारमा रहेको माझीगाउका माझीहरु चिसोको मारमा परेको छन् । गएको बैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पले सबै घर भत्काउदा अहिले सम्म छाप्रो र पालमुनी जिवन विताउन बाध्य छन् ।
अर्को शब्दमा भन्नु पर्दा यसपालि माझिहरुको गाउँमा भूकम्पले जाल हानेको छ । दैनिक नदीमा माछालाई जालहान्दै आएका माझिहरुलाई भूकम्पकाले हानेको जालमा परि जाडोले केटाकटी र बुडाबुढी छपटपाई रहको दृश्यले त्यहापुग्ने जोकोहीको मन भक्कानीएर आउछ ।
नदी नालामा माछामारेर दैनीक गुजारा गर्ने माझि जातीमाथी प्राकृतीक प्रहार हुदा अहिले सिन्धुपाल्चोकको डुम्रेघाट र भोटेकोशी र सुनकोशीको पारीपट् रहेको काभ्रेको भोटेटारका माझीहरुको दैनिकी ज्यादै कष्टकर भएको छ ।
खेतीपातीका नाममा उब्जाउ नहुने सानातिना केहि गराहरुमात्र छन् । भूकम्पले बारीमा रोप्न अहि ढिलो भएकाले बालीमा दाना लागेन यसपाली । केहि महिनालाई पुग्ने अन्नपात पनि भएन सबै लग्यो पापी भूकम्पले गुनासो गर्छन माझिहरु । भूकम्पले भत्काएका घर टहरा ८ महिना बित्दापनी जस्ताका त्यस्तै छन् । त्यहा पुगेर हेर्दा लाग्छ भूकम्प हिजो मात्रै गएको जस्तो छ ।
जताततै उजाढ दृश्यमात्र देखिन्छ । जाडोमा साना साना केटाकेटी बिरामी परेका छन् । बस्ने ठाउ छैन, लगाउने लुगा छैन, खानलाई अन्नपात केही छैन । पशु पच्छिका नाममा केहि बुङर सुङर र फोहोमा खेलीरहेका कुखुराहरु आफ्नै तालमा घुमिरहेका देखिन्थे । 
माछा मार्न सके मात्र साझँ र विहान चुल्होमा आगो बल्छ । बजार जानुपरे डुंगा तरेर जानुपर्ने बाध्यता छ । गाउमा पुग्ने मोटरबाटो अहिले सम्म छैन । गाउमा पुग्ने मोटरबाटो खन्न सुरुमात्र भएको थियो भूकम्प गएपछि त्यो निमार्णकार्य पनि रोकीयो र फेरी निमार्णको पहल हुदा न हुदाँ भारतले लगाएको नाकाबन्दिले पेट्रोलीयम पदार्थको हाहाकार भयो जस्ले गर्दा बाटो निमार्ण अनिश्चत जस्तै हुन पुगेको छ ।
बाटो निकै अफ्ठेरो भएकोले विभिन्न संघ सस्थाले दिदै आएको राहत लानेहरुपनि माझिगाउ जान हिच्कीचाएको अवस्था छ । नदिमा झोलुङेपुल वा तुईन केहि छैन । पारि गाउबाट ल्याएको पानि राख्ने ट्याकि समेत भुकम्पले चर्किएकोे अवस्थामा छ । त्यहाका जनताहरु मन फुकाएर आफ्नो पीडा सुनाउदैनन् । सबै तिनका आखा र देखिए दृश्यले आफै बयान गर्ने अवश्थामा यथावत छन् । आफनो अवस्थाको बारेमा बताउन आग्रह गर्दा आफुहरु जनजाती भएकोले होला सम्बन्धीत निकायमा आफ्नो पहुच पुग्दैन वा भनौ सुनिदिने कोहि छैन् । मानौ माझिहरु यो देशको नागरिकै हैनन् जस्तो व्यवहार गर्छ यहाका स्थानीय निकाय र सरकार भन्छन उनिहरु । 
जनजातीहरु पहुच नपुगेकै कारण भूकम्प पिडीतले पाउने राहतमा समेत पछि परेका छन् । काभ्रेको सापिङ २ भोटेटारमा रहेको ६८ घरधुरीका माझीहरुको मुख्य पेशा नै भोटेकोशी, सुनकोशीमा माछामारे जिवीकोपार्जन गर्नु हो । बाटोघाटो नपुगेको, नदीमा पुल समेत नभएकोले सरकारी निकाय तथा विभिन्न संघसस्थाले उपलब्ध गराएका राहत समेत उत्त गाउमा पु¥याउन नसकेको स्थानीयले बताउ छन ।
नदी वारपार नगरी दैनिकी चल्दैन । नदी वारपार गर्ने प्वाल परेको पुराना २ वटा डुंगाको भरमा दिनभर लगाएर जालमा पारको माछा राजमार्ग आसपास रहेक पसलमा बेचेर जिविका चलाउदै आएको सुनाउछन् माझीहरु । जाडोले बुडाबुढी र बालबच्चा बिरामी पर्ने थालेपछि स्थानीयको पहलमा देशभर भूकम्प प्रभावित जिल्लामा उद्धार, पुर्ननिर्माण र राहत दिदै आएको हिमालयन पीस एजुकेसन फाउण्डेसनमा संलग्न केहि जुझारु युवाहरुले जोखिम मोलेरै भएपनि माझिगाउमा राहत पु¥याउने निधो गरे र फाउण्डेसनका राजेन्द्र बहादुर लामा, दविन्द्र लामा , शैलेन्द्र कार्की जस्ता स्वयम सेवकहरुको पहलमा डुंगामै राहतको सामान नदीबाट पारि लगेर माझीगाउमा वितरण गरेको छ ।
नदी किनारबाट लगभग एकघण्टाको जंगलको उकालो काटेपछि माझी गाउ पुग्न सहिन्छ । बाटो ढाडो उकाले र निकै फ्ठयारो छ । प्राकृती बनावट र भुकम्पले दिएको चुनौतीको सामना गर्ने दृढ निधो गरेको हिमालय पीस एजुकेसन फाउण्डेलनले माझी गाउमा पुगेर राहत स्वरुप जाडोबाट बच्न माझीहरुलाई अग्रेजी नयाँ वर्षको उपहार स्वरुप न्यानो उपहार अर्थात सिरक बाडेको छ । राहत बाडन पाउदा फाउण्डेसनका सदस्यहरु निकै उत्साहीत भएका थिए । राहत त अन्य संघ सस्थाले पनि बाड्छन तर पहुचको भरमा आफन्तकोमा बाडछन् अरु नपुगेको ठाउमा आवश्यवता अनुसारको राहत बाड्न पाउदा आफुहरु निकै खुसीहुनेगरेको समाज सेवी दविन्द्र लामाले बताए । भूकम्प पिडीतहरुलाई जाडोमा न्यानो उपहार दिएको खबर विभिन्न संचारमाध्यममा आए पछि अन्य विभिन्न संघ सस्थाहरुपनि विस्तारै भूकम्प प्रभावित जिल्लाहरुमा जाडोबाट बच्न विभिन्न राहतका सामान वितरणमा सकृय भएको खबर आउन थालेको छ । यो निष्चयपनि खुशीको खबर हो ।
चिसोमा भोटेकोशी र सुनकोशीको किनारमा रहेको माझीको पिडा
चिसोमा भोटेकोशी र सुनकोशीको किनारमा रहेको माझीको पिडा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



