×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिमपात क्षेत्रमा राहत पुर्‍याउनै कठिन, राहत लिएर गएका बीचमा अलपत्र

  •  
  • सोमबार, पुष २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पीडितका टहरामा सकियो नुन–तेल

    – सुदीप कैनी, गोरखा
    हिउँमय बनेको गोरखाको लाप्राकस्थित भूकम्पपीडितको अस्थायी शिविर ।तस्बिर : सुदीप/कान्तिपुर

    पुस २७, २०७२- भूकम्प प्रभावित क्षेत्रमा हिमपात भएपछि राहत, उद्धार र उपचार टोली परिचालन गरिए पनि बढी प्रभावित लाप्राक पुग्न कठिन भएको छ । हिउँले भूकम्पपीडितका टहरा पुरिएका र भत्किएका छन् । पाल च्यातिएका छन् । जनजीवन कष्टकर बन्दै गए पनि हिउँ परेका कारण प्रभावित क्षेत्रमा टोली पुग्न नसकेको हो ।

    मानवीय संकटमा परेको लाप्राक ६ स्थित गुप्सीपाखाको अस्थायी शिविरमा टोलीहरू पुग्न समस्या भएको प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए । बारपाकदेखि लाप्राक हुँदै गुम्दा जोड्ने कच्ची सडकमा हिउँ जमेका कारण बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि हिँडेर आउजाउ गर्नसमेत नसकिएको बारपाकबाट फर्किएका कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले बताए । न्यानो कपडा वितरण गर्न गएका सवारी साधन र गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूसमेत अलपत्र परेका छन् । उनीहरूकै उद्धारका लागि पनि टोली परिचालन गरिएको छ ।

    नेपाली सेना र गृह मन्त्रालयको टोलीले हिमपात क्षेत्रको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले जानकारी दिए । मन्त्रालयका सहसविच रामेश्वर दंगालको नेतृत्वमा टोली हेलिकप्टरबाट गुप्सीपाखा पुगेर राजधानी फर्किएको हो । स्थानीयवासीले टोलीसँग तत्कालका लागि चिसोबाट बच्ने उपाय गरिदिन अनुरोध गरेको दंगाललाई उद्धृत गर्दै प्रजिअ तिमल्सेनाले बताए । स्थायी बसोबासको प्रबन्ध मिलाइदिन पनि पीडितले माग गरेका छन् । उत्तरी क्षेत्रको टेलिफोन सेवासमेत विच्छेद भएकाले हिमपात क्षेत्र सम्पर्कविहीनजस्तै भएका छन् ।

    बारपाक प्रहरी चौकीबाट असई कुलबहादुर अधिकारीसहित ५ जनाको टोली आइतबार बिहानै लाप्राकतर्फ पठाइएको आचार्यले बताए । ‘टेलिफोन अवरुद्ध भएपछि प्रहरीकै अवस्था पनि थाहा हुन सकेको छैन,’ उनले भने । नेपाली सेनाको मुख्यालयबाट स्वास्थ्यकर्मीको टोलीसहित आवश्यकता मूल्यांकन टोली गुप्सीपाखा पुगेको भैरवी दलका गणपति शिवराज पन्तले जानकारी दिए । मौसम खराब भएका कारण न्यानो कपडासहित राहत सामग्री बोकेको हेलिकप्टर पनि उड्न नसकेको उनले बताए । ‘हिमपात भएर अति चिसो बढेका भूकम्प प्रभावित क्षेत्रमा डाक्टरसहित स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी छ,’ उनले भने । आरुआर्वाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न ६ जनाको टोली परिचालन गरिएको उनले बताए ।

    आइतबार दिनभर पनि घाम नलागेपछि हिउँ पग्लन सकेको छैन । बस्तीसम्मै हिउँ जमेको बारपाक प्रहरी चौकीले जनाएको छ । हिमपातले अस्थायी टहरा भत्किन थालेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले लाप्राक र गुम्दाका लागि ८ सय ५२ थान पाल सदरमुकामबाट पठाएको छ । गैरसरकारी संघ–संस्थाले सिरक, ब्ल्यांकेट, न्यानो कपडासहितको सामग्री बाँड्ने तयारी थालेको प्रजिअले जानकारी दिए । चिसोले बिरामीको संख्या बढ्न सक्ने अनुमान गरेर स्वास्थ्यकर्मी र औषधि तयारी गरेर राखिएको उनले बताए ।

    न्यानो कपडा किन्ने १० हजार आएन
    भूकम्प अति प्रभावित क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बने पनि हिमालपारि सिर्दिबाससहित जिल्लाका १२ गाविस र दुई नगरपालिकाका बासिन्दाले न्यानो कपडा किन्ने १० हजारसम्म पाउन सकेका छैनन् । सरकारले आवश्यक रकम नपठाएका कारण भूकम्पपीडितलाई न्यानो कपडा वितरण गर्ने १० हजार दिन नसकेको प्रमुख जिल्ला अधिकारी तिमल्सेनाले बताए ।

    न्यानो कपडा किन्ने पैसा नपाएका सिर्दिबास, स्वाँरा गाविसमा पनि हिमपात भएको छ । हिमपातका कारण आगो बालेर बस्न दाउरासमेत भिजेको सिर्दिबास पाङसिङका उपेन्द्र घलेले बताए । सरकारले न्यानो कपडा किन्न पठाएको ४० करोड ४५ गाविसको खातामा पठाइएको छ । खातामा पैसा गएकामध्ये ३२ भन्दा बढी गाविसमा मात्रै रकम वितरण हुन सकेको छ । ६० गाविसमध्ये गाँखु, देउराली, खोप्लाङ, मुच्चोक, फुजेल, स्वाँरा, सिर्दिबास, मनकामना, मिरकोट, थुमी, धावा, घ्याल्चोक, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका पीडितले राहत रकम पाउन सकेका छैनन् । उत्तरी क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा समेत चिसो बढेको छ । जिल्लाका तल्लो क्षेत्रका बासिन्दा पनि अस्थायी टहरोमा बस्दै आएका छन् । न्यानो कपडा किन्न ३० करोड अपुग रहेको प्रजिअ तिमल्सेनाले बताए । भूकम्पपीडितले राहत रकम माग गरेपछि गाविस सचिवहरू दैनिकजसो रकम लिनका लागि सदरमुकाम आउने गर्छन् । १० दिनभित्र राहत बाँडिसक्न निर्देशन दिने सरकारले रकम नपठाएकोमा पीडितहरू आक्रोशित छन् ।

    सकियो नुन–तेल
    उहिया (गोरखा)– भूकम्प अति प्रभावित उहियालगायत छिमेकी र उत्तरी क्षेत्रका दुर्गम गाविसमा खाने नुन–तेल सकिएको छ । ती क्षेत्रमा खाद्यान्नसमेत सकिन लागेको स्थानीयले बताएका छन् । नुन नभएर अलिनो खानुपरेको उहिया ५ का मनबहादुर सुनारले बताए । ‘तेल छैन, बोसो पगालेर भुटुन बनाएका छौं,’ उनले भने, ‘नुन खान पाएका छैनौं ।’

    चुम्चेत र बिही गाविसमा पनि नुन नभएको स्थानीयले सुनाए । केरौंजा र सिर्दिबासका कतिपय वडामा नुन–तेल अभाव भएको गाउँलेले गुनासो गरेका छन् । ‘राहतमा आएको नुन–तेल सकियो,’ केरौंजा ६ की माया घलेले भनिन्, ‘चामल अलिअलि बाँकी छ । नुनचाहिँ किनेर खान्छु भन्दा पनि पाइएन ।’

    सबैभन्दा नजिकको आरुघाट बजारमा नुन लिन जान–आउन ४ दिने लाग्ने उहियाका सन्तबहादुर गुरुङले बताए । उनले भने, ‘जाउँ भने पनि पहिरोले बाटो बिग्रिएर हिँड्न ज्यानकै खतरा छ ।’ जोखिमपूर्ण बाटोमा सामान बोकाएर खच्चड हिँडाउन पनि मुस्किल भएको उनले बताए ।

    उहियाभन्दा माथि यारुबगरमा सिर्दिबास जोड्ने गोरेटो बाटो वर्षाको पहिरोले अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । हेलिकप्टरबाट राहतमा चामल, नुन–तेल ढुवानी गरिएको थियो । राहतमा आएको नुन–तेल सकिएपछि अभाव भएको बिहीका सुमन लामाले बताए । ‘नुन नखाएको हप्तौं भइसक्यो,’ उनले भने । घरमा तरकारीमा नुन खान नपाएका केटाकेटीले चाउचाउको नुन पनि हारालुछ गर्न थालेको उनले गुनासो गरे ।

    चुम्चेतमा पनि नुन अभाव भएपछि राहत बाँड्न जाने सरकारी गैरसकारी संस्थाका प्रतिनिधिलाई स्थानीयले नुन–तेल ल्याइदिन अनुरोध गरेका छन् । ‘राहतमा आएको बाँडेर खायौं,’ लामाले भने, ‘अहिले सकियो, किनेर ल्याउने बाटो पनि छैन ।’ बाटो बिग्रिएकाले हेलिकप्टर चार्टर गरेरबाहेक सामग्री ल्याउने उपाय नभएको उनले बताए । ‘हेलिकप्टर उडाउन सक्ने पैसा हामीसँग छैन,’ उनले भने । हेलिकप्टरमा ढुवानी गरेर सदरमुकाम र राजधानीबाट ल्याएको उपभोग्य वस्तु ४ गुणासम्म महँगो हुने सिर्दिबासका स्थानीयले बताएका छन् ।

    अधिकांश गाउँलेको भान्सा कैयौं सातादेखि अलिनो भएको उहियाका राजनीतिक कार्यकर्ता विश्वकुमार गुरुङले बताए । ‘गाउँमा मासु खान पशुचौपाया काटे, भुटन हाल्न बोसो खोसाखोस हुन्छ,’ उनले भने । नुन–तेल अभाव भएका दुर्गमका बासिन्दालाई साल्ट्र टेडिङले बर्सेनि सहुलियत मूल्यको नुन पठाउने गरेको थियो । यसपालि पठाएको नुन बाटो अवरुद्ध हुँदा ढुवानी गर्न नसकेर ठेकेदारले बाटोमै बेच्ने गरेका छन् । हिउँद लागेपछि हिउँ जमेर तिब्बतसँग जोडिएको सामागाउँ र छेकम्पार नाका पनि बन्द भइसकेको छ । तिब्बतको व्यापारिक केन्द्रबाट नुन ल्याएर पनि स्थानीयले प्रयोग गर्थे । गोरखाको उत्तरी क्षेत्रका ९ गाविसका बासिन्दा ९ महिनादेखि हेलिकप्टरले ल्याउने राहतका भरमा बाँचेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.