×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कांग्रेसमा हजुरबा र नाति पुस्ता : ७९ वर्षीय सुशीलदेखि ३९ वर्षीय गगन

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २६, २०७२- कांग्रेस सभापति सुशील कोइराला ७९ वर्ष नाघे । कोइराला नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका कान्छा सदस्य हुन् गगन थापा । सुशीलभन्दा ४० वर्ष कान्छा उनी ३९ वर्ष पार गर्दैछन् । केन्द्रीय समितिमा ४० वर्षमुनिका गगन एक्लो सदस्य हुन् भने केबी गुरुङ सुशीलभन्दा एक वर्ष जेठा छन् ।

    गगन र सुशीलको उमेरको तुलना गर्ने हो भने कांग्रेस केन्द्रीय समितिमा हजुरबा र नाति पुस्ता सँगै छन् भन्न सकिन्छ । सूर्यमान गुरुङ र लीला कोइराला पनि सुशीलजस्तै उमेरका छन् । कांग्रेसका त्रयनेतामध्ये कोइरालाभन्दा शेरबहादुर देउवा १० वर्ष र उपसभापति रामचन्द्र पौडेल ८ वर्षले कान्छा छन् । देउवा ६९ र पौडेल ७१ वर्ष पुगेका छन् । १३ औं महाधिवेशनबाट चार वर्षका लागि पार्टी नेतृत्व लिन यी तीनै नेता यतिबेला प्रतिस्पर्धाको दौडमा लागेका छन् ।
    कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्यमध्ये साठी प्रतिशत ४० देखि ६० वर्ष उमेरका छन् । कांग्रेसमा जहिल्यै युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने कुरा उठे पनि यसपालि पनि नेतृत्व हजुरबा पुस्तामै रहने धेरैको अनुमान छ । ५४ वर्षको उमेरमा शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाविरुद्ध पार्टी सभापतिको उम्मेदवार बनेका थिए । यसपालि भने त्यसरी चुनौती दिने नेता देखा परेका छैनन् ।

    दोस्रो पुस्ताको अग्रपंक्तिमा देखिने अनुहारमा महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, सशांक कोइराला, महेश आचार्य, सुजाता कोइराला, विमलेन्द्र निधि, शेखर कोइरालालगायत छन् । उनीहरूको उमेर पनि ५५ देखि ७० को हाराहारीमा पुगेको छ । महामन्त्रीद्वय सिंह र सिटौलाको तुलनामा महत जेठा छन् । उनी ६७ वर्ष पुगेका छन् । जब कि सिंह ६० र सिटौला ६६ वर्षका छन् ।

    खड्का ६०, शेखर ६५, शशांक ५७, सुजाता ६१, निधि ५८ र आचार्य ६१ वर्ष पुगेका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल एमालेमा जस्तो ७० वर्षको उमेर हद राखेको भए कांग्रेसका तीनै शीर्ष नेता यसअघि नै बाहिरइसक्थे भन्छन् । त्यो हिसाबले हेर्दा कार्यसमितिका बीस प्रतिशत सदस्यले अवकाश पाइसक्थे । दोस्रो पुस्तासँगै कांग्रेसमा नेतृत्वको आकांक्षी तेस्रो पुस्ता पनि तयार भइसकेको छ ।

    रोचक त के छ भने तेस्रो पुस्तामा पनि उमेरको ठूलो अन्तर छ । ३९ वर्षका गगन थापादेखि ५४ वर्षका चन्द्र भण्डारीसम्मका नेता यो पुस्तामा पर्छन् । प्रतिनिधिका रूपमा तेस्रो पुस्ताका नेताहरू अर्जुनप्रसाद जोशी ६०, एनपी सावद ५३, मीनेन्द्र रिजाल ५८, नरहरि आचार्य ६२, ज्ञानेन्द्रबहादुर कार्की ५९, प्रकाशरण महत ५६, धनराज गुरुङ–४९, दीपक गिरी ५४ पुगेका छन् । ‘अमेरिकामा युवाले सरकार चलाउँछन्, बूढालाई पेन्सन दिन्छन् । नेपालमा बूढाले सरकार चलाउँछन्, युवालाई टेन्सन दिन्छन्’ भन्ने भनाइ सामाजिक सञ्जालमा निकै छाएको देखिन्छ । यो उक्ति कांग्रेसको नेतृत्वसँग मिल्दोजुल्दो देखिन्छ ।

    ‘कांग्रेस राजनीतिमा ‘इन्ट्री’ हुनका लागि उमेर हद लाग्छ, तर ‘एक्जिट’ हुन नलाग्ने परम्पराले पनि समस्या निम्ताएको छ,’ गगन भन्छन् । कांग्रेसमा ‘एक्जिट पोलिसी’ नल्याउने हो भने सबैभन्दा ठूलो संख्यामा रहेका युवाहरूले आफ्नो उमेर समूहको प्रतिनिधि पाउन कठिन हुने उनको दाबी छ । नेतृत्व तहमा एकपटक पराजित भएपछि अर्कोपटक प्रतिस्पर्धा नगर्ने, सरकार र पार्टीको नेतृत्वमा दुईपटकभन्दा बढी दोहोर्‍याउन नपाउने नीति अपनाउने हो भने युवा पुस्ता नेतृत्वमा अघि आउने बाटो खुल्ने गगनको धारणा छ । थापा आफैंले ६० वर्षपछि क्रियाशील राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन् ।

    यही उमेर अवधिमा पार्टी र सरकारको कार्यकारिणी तहमा प्रतिस्पर्धा गर्ने सोच उनको छ । तर, कांग्रेस केन्द्रीय समितिमा उनले अवकाशका लागि तय गरेको उमेरकै नेताको बहुमत छ । र, उनीहरू सबै युवा नेतामा गनिन्छन् । नेपालको संविधानमा राष्ट्रपति हुनका लागि कम्तीमा ४५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । सांसदका लागि २५ वर्षको उमेर हद तोकिएको छ । तर, राजनीतिबाट बाहिरिने उमेरको कुनै हद छैन ।

    आसन्न कांग्रेसको १३ औं महाधिवेशनमा पनि थापा, प्रदीप पौडेल, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, जीवन परियारको उमेर समूहका नेताहरू निर्वाचित भएर ठूलो संख्यामा आउने सम्भावना कम छ । यसको मुख्य समस्या नै उमेर समूहको कार्यशैली र विचारको भिन्नता रहेको बताउँछन् प्रदीप पौडेल । ‘पुस्ताअनुसारको सोच फरक हुने रहेछ । सुशील दाइ ७९ वर्षको उमेरमा हुनुहुन्छ, उहाँको दिमागमा आफ्ना समकालीन साथीहरू आउँछन् । अवसर दिने बेला दु:ख पाएकाले दिनुपर्छ भनेर आफ्नै समूहका लागि रोज्नुहुन्छ,’ पौडेल भन्छन्, ‘युवा पुस्ताले नेतृत्व पाए उसले दु:ख पाएको होइन, क्षमता भएको युवा खोज्छ ।’

    कांग्रेसमा युवा नेतृत्व तहमा आउन नसक्नुमा भावनात्मक सम्बन्धको कारण पनि छ । विभिन्न मुक्ति आन्दोलनमा लामो समय सघर्ष गरेका, जेल परेका नेताहरूको ठूलो समूह कांग्रेसभित्र छ । केन्द्रदेखि गाउँसम्म दु:ख पाएका र पुराना कार्यकर्तालाई ठाउँ दिनुपर्छ भन्ने भावनात्मक ‘नीति’ कांग्रेसभित्र अहिले पनि प्रबल देखिन्छ । ‘अझै पनि युवाहरू खोसेर लिन सक्ने ठाउँमा छैनन्, दु:ख पाएका, लामो संघर्ष गरेका आधारमा स्वत: महाधिवेशन र महासमिति सदस्य बनाउनुपर्ने अवस्था छ ।

    अहिले पुरानाहरूलाई क्षतिपूर्ति दिने कुराले युवाहरू पछि परेका छन्,’ पौडेलले थपे, ‘उमेरको हद भयो भने गाउँ, वडादेखि केन्द्रसम्म नयाँ मानिस आउन सजिलो हुन्छ ।’ कांग्रेसमा नीति र कार्यक्रमभन्दा अनुहार नै बिकाउ मानिन्छ । शीर्ष नेताहरूभन्दा गगन, विश्वप्रकाश शर्मा, प्रदीप, बद्रीलगायतका युवाको भाषणमा दर्शक श्रोतालाई आकर्षित गर्न सक्ने क्षमता देखिन्छ । तर, उनीहरू नेतृत्वमा पुग्न सक्ने देखिँदैन ।

    पार्टीको १३ औं महाधिवेशन पनि एजेन्डासहितको कार्यक्रम र नीतिभन्दा नेताप्रधान देखिन्छ । यसको एउटा उदाहरण गत असोज १ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा देखियो । बैठकमा केही केन्द्रीय सदस्यले प्रधानमन्त्रीको निर्वाचनलाई भाग लिएको घटनालाई लिएर तीनै शीर्ष नेता असफल भएका बताएका थिए । केहीले तीनैजनाले अब विश्राम लिनुपर्ने बताए ।

    यो सुनेपछि सभापति सुशीलले आफू दुइटा क्यान्सर पचाएर आएको बताउँदै भने–, ‘म पूर्ण स्वस्थ्य छु, स्वास्थ्यले काम गरुन्जेल सक्रिय राजनीति त्याग्दिनँ ।’ लगत्तै पौडेलले पनि आफू सक्रिय रहने बताए । कोइराला र पौडेलको भनाइलाई व्यंग्य गर्दै बलबहादुर केसीले बैठकमा भने, ‘त्यसो भए तपाईंहरू चाँडै मर्नुहोस् भनेर हामी धुप हालेर बसौं त ?’ उनी आफैं ६२ वर्षका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.