×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पूर्वको अलैंचीलाई जित्यो पश्चिमको यार्सागुम्बाले

  •  
  • शनिबार, पुष २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १२ जिल्लामा झण्डै पाँच अर्बको यार्सागुम्बाको कारोबार

    Yarcha-Gumba

    पुष्प दुलाल

    २५ पुस, काठमाडौं । कसले भन्छ नेपाल गरीब र विपन्न छ ? पश्चिमको कर्णाली लगायतका १२ जिल्लामा एकै वर्ष ४ अर्ब ९२ करोडको यार्सागुम्बाको कारोबार भएको छ । पूर्वको अलैंची बजार पनि त्यस्तै छ । पूर्वी पहाडको प्रख्यात नगदेबाली अलैँचीलाई पश्चिम पहाडको यार्सागुम्बाले जितेको हो । पूर्वी नेपालमा एक वर्षमा ४ अर्ब २६ करोडको अलैंची उत्पादन भएको छ ।

    यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका विषयमा नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धानमा अलैंचीभन्दा यार्सागुम्बा बढी उत्पादन भएको पाइएको हो ।

    कुन जिल्लामा कति यार्सागुम्बा ?

    जिल्ला किलोग्राम मुल्य रु (१० लाखमा)
    दार्चुला ९८७.६ १९७५२
    डोल्पा ६६३.५ १३२७०
    मनाङ १७३.८ ३४७६
    बझाङ ४२७ ८५४०
    मुगु २३.२ ४६४
    रुकुम १८.७ ३७४
    जुम्ला १४२ २८४०
    म्याग्दी १३ २६०
    गोर्खा ६.५ १३०
    संखुवासभा ३ ६०
    सिन्धुपाल्चोक १ २०
    जम्मा २४५९.२ ४९१८४

    आर्थिक वर्ष ०७०/०७१ मा पश्चिम र मध्यमाञ्चलका १२ वटा पहाडी जिल्लाबाट एक वर्षमै ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन गरिएको छ । यस वर्ष पूर्वी पहाडबाट ४ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्रै अलैंची उत्पादन भएको राष्ट्र बैंकले जनाएको छ ।

    दार्चुला, म्याग्दी, डोल्पा, रुकुम, जुम्ला, मनाङ, गोरखा, सिन्धुपाल्चोक, बझाङ, मुगु, रसुवाका साथै पूर्वको संखुवासभाका उच्च पहाडी क्षेत्रमा यार्सागुम्बाको संकलन हुने गरेको छ ।

    जिल्लागतरुपमा यार्सागुम्बाको सबैभन्दा बढी उत्पादन दार्चुला र डोल्पामा हुने गरेको छ । यार्सागुम्बाको औषत बजार मूल्य प्रतिकिलो २० लाख रुपैयाँ छ । ‘नेपालमा पाइने यार्सागुम्बा मध्ये डोल्पामा सबैभन्दा बढी गुणस्तरीय रहेको मानिन्छ । डोल्पामा पाइने यार्सागुम्बाको माग र मूल्य दुबै उच्च रहेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

    सम्बन्धित जिल्लाका ५० संकलक, २५ व्यापारी, ८ वन कार्यालय, ५ जिल्ला विकास समितिको कार्यालय र ५ वटा जिल्ला उद्योग वाणिज्य संघ गरी कूल ९३ ठाउँमा अध्ययन गरेको राष्ट्र बैंकले जनाएको छ ।

    साढे २४ करोड राजस्व

    यार्सागुम्बाबाट ०७०/०७१ मा सरकारले २४ करोड ५९ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । त्यसअघिको वर्ष ११ करोड ७९ लाख र अझ अघिल्लो वर्ष ५ करोड १ लाख रुपैयाँ बराबरको राजस्व उठाएको थियो ।

    ‘यार्सागुम्बा संकलनका लागि हरेक वर्ष डोल्पामा मात्रै चालीस हजारभन्दा बढी मानिसहरु संकलनका लागि जाने र उनीहरु सरदर तेह्र दिन संकलन क्षेत्रमा बस्ने गरेको देखिएको छ,’ अध्ययनमा भनिएको छ ।

    गत बर्षमात्रै औपचारिकतवरले नै यार्सागुम्बा संकलन गर्न डोल्पा जिल्लामा ५३ हजारजना प्रवेश गरेका थिए । यस्तै दार्चुलामा यस वर्ष संकलकहरुको संख्या २५ हजारभन्दा बढी रहेको अनुमान छ । आर्थिक वर्ष ०७०/७१ मा रुकुममा मात्रै २० हजारभन्दा बढी मानिसहरु यार्सागुम्बा संकलन गर्न गएका थिए ।

    यस्तै जुम्ला, मनाङ्ग, दार्चुलालगायत यार्सागुम्बा पाइने एक दर्जन जिल्लामा हरेक वर्ष हजारौंको संख्यामा मानिसहरु यार्सागुम्बा संकलन गर्न जान्छन् । यार्सागुम्बाका कारण न्यून आय भएका, पिछडिएका, दलित, जनजातिसहित धेरैलाई आंशिक रोजगारी सिर्जना भएको देखिएको अध्ययनमा उल्लेख छ ।

    संकलकहरुका लागि खाद्य तथा अन्य सामाग्री आपूर्ति, होटल व्यवसाय तथा व्यापारको सिलसिलामा पनि उल्लेख्य रोजगारी सिर्जना भएको अध्ययनमा उल्लेख छ ।
    यार्सागुम्बाको आम्दानीले हिमाली क्षेत्रका बासिन्दाका लागि आवश्यक खाद्यान्न सामाग्री खरीद, भौतिक पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको छ ।

    यार्सा गुम्बाको ६४ वर्षे इतिहास

    नेपालमा यार्सागुम्बा संकलन गर्न थालेको ६४ वर्ष भएको छ । नेपालमा पहिलोपटक यार्सागुम्बाको संकलन पोलुनिन, साइकस र विलियम्सले सन् १९५२ मा जुम्लाको चाकुरे लेकबाट गरेका र त्यसपछि जडीबुटी विभाग, थापाथली र निर्मलकुमार भट्टराईले मुगुबाट यसको संकलन गरेको अनुसन्धानमा उल्लेख छ ।

    राष्ट्र बैंकका अनुसार डोल्पामा भने वि.सं. ०४५ देखि यार्सागुम्बाको कारोबार हुन थालेको हो । त्योभन्दा पहिला स्थानीय बासिन्दालाई यसबारे खासै थाहा भएको बताइएको छ । वि.सं. ०४५ तिर यार्सागुम्बा प्रति के.जी. ७०० रुपैयाँमा बिक्री हुने गर्थ्यो ।

    ०६६ देखि आकर्षण

    ‘०६६ सालतिर अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको मूल्य एक्कासी आकासिन पुग्यो । त्यतिखेर यार्सागुम्बाको मुल्य प्रतिकिलो २ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्म लाखसम्म पुग्यो । यो मूल्यले गर्दा स्थानीयवासीहरु यार्सागुम्बा संकलनका लागि निकै आकषिर्त हुन पुगे ।’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

    त्यसयता प्रत्येक वर्ष जेठ र असार महिनामा हजारौं मानिसहरु यसको संकलनमा लाग्ने गरेका छन् । अझ कतिपय गाउँहरुमा छोराछोरीसहित गाउँलेहरु सबै नै यार्सागुम्बा संकलन गर्न लेकतिर जाँदा थुप्रै विद्यालयहरु यार्सागुम्बाको सिजनमा विद्यार्थी शून्य भई बन्द हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

    के हो यार्सागुम्बा ?

    यार्सागुम्बा एक प्रकारको च्याउ र लार्भा अवस्थाको पुतलीकोे संयुक्त रुप हो । यो झुसिलकिरा जस्तै त्यही आकार र रंगको देखिन्छ । तिब्बती भाषामा यसलाई यार्चाकुन्बु भनिन्छ । ‘यार’ भनेको वषर्ा, ‘चा’ भनेको झार, ‘कुन’ भनेको हिँउद र ‘बु’ भनेको किरा हो । वषर्ायाममा झारका रुपमा रही हिउँदमा किराका रुपमा रुपान्तरण हुने भएकाले हिमाली भेगमा यसको नाम यार्चाकुन्बु रहन गएको हो ।

    नेपालका हिमाली जिल्लाहरुमा यार्सागुम्बा नाम यार्चाकुन्बुबाट नै रहेको हो भन्ने मान्यता पाइन्छ । साथै नेपालमा यसलाई स्थान अनुसार विभिन्न नाम दिइएको पाइन्छ जस्तै किरा घाँस, किरा झार, जीवनबुटी, संजीवनी, किरा, जरा, इत्यादि ।

    यार्सागुम्बा एक बहुमूल्य जडिबुटी हो । यसमा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिबर्द्धक, रक्तअल्पता, छाती तथा फोक्सोको संक्रमण, क्षयरोग, हेपाटाईटिस बी, मृगौला, कलेजोसम्बन्धी रोगका औषधि बनाउन प्रयोग हुने गर्दछ ।

    समुद्र सतहबाट करीव ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाईमा यसको उत्पादन हुने गरेको छ । नेपालीहरु जेठ महिनाका सुरुदेखि असार महिनाको मध्यसम्म यार्सागुम्बा संकलनका लागि हजारौं सर्वसाधारण जाने गर्छन् । यार्सागुम्बाको प्रमुख बजार चीन हो भने सिंगापुर, मलेसिया, कोरिया, थाईल्याण्ड, जापान, बेलायत र अमेरिकामा पनि यसको कारोवार हुने गरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.