×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यसरी गर्नुस् माइग्रेनको उपचार

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा. पंकज जलान

    माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समयसमयमा दोहोरिइरहन्छ। यो दुखाइ प्रायः टाउकोको एक भागमा हुने गर्छ। यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ।
    माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषको दाँजोमा यो रोग महिलामा बढी देखा पर्छ। माइग्रेन बाल्यावस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ।
    माइग्रेनका कारण
    हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइसकिएको छैन । तर, यसलाई वंशानुगत रोगका रूपमा पनि लिन सकिन्छ।

    मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरूको अनुमान छ। माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रक्तनली र मस्तिष्कवरिपरिका नसाहरू सुन्निन थाल्छन्।

    अन्य कारण
    बढी मानसिक चिन्ता लिनाले।
    चिया र कफी धेरै पिउनाले।
    समयमा नसुत्‍नाले।
    गुन्द्रुक, तामा तथा सिसीमा राखिएका पुरानो अचारको सेवनले।
    बढी मात्रामा दुखाइ कम गर्ने औषधिहरू (पेनकिलर)को प्रयोग।
    तसर्थ माथि दिइएका कारणहरूले माइग्रेन हुने सम्भावना बढी हुन्छ।
    माइग्रेनका लक्षण
    माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरू बिरामीपिच्छे फरक हुने गर्छन् । तीमध्ये प्रायःटाउकोको एक भागमा मात्र दुख्ने गर्छ र तर करिब एक तिहाइ बिरामीमा यो दुखाइ टाउकोको दुवै भागमा समेत हुने गर्छ।
    टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्छ।
    यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहीँ आँखाका गेडाहरू दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखा पर्न सक्छ।
    वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदिसमेत सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि समेत हुनसक्छ।
    टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाइ लागेजस्तो हुने, मिजासमा एक्कासि परिवर्तन आउने आदि समेत हुन्छ।
    त्यस्तै टाउको दुखाइ सकिएको करिब २४ घन्टासम्म बिरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ भने भइरहेकै जस्तो महसुस गर्ने गर्छ।माइग्रेन कसरी पत्ता लगाइन्छ?
    माथि दिइएका लक्षणका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायःमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन।
    जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउँदै उचित खानपान, आहारव्यवहार एवं औषधोपचारका माध्यमबाट माइग्रेनलाई नियन्त्रण गर्नुका साथै पूर्ण रूपमा निको पार्न सकिन्छ।
    यदि माथि दिइएका लक्षणहरू बिरामीको दुखाइसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन्, जस्तैः एमआरआई, सिटी स्क्यान आदि।
    माइग्रेन रोकथामका उपायहरू
    माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले तल दिइएका उपायहरू अपनायौं भने यसको दुखाइबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौं ।
    -माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चकलेट कम मात्रामा खानु राम्रो हुनेछ ।
    -राति एउटै समयमा सुत्ने बानी बसाउने ।
    -पुरानो अचार, ग्रुन्दुक, तामाजस्ता खानेकुरा नखाने, साथसाथै पिरो कम खाने ।
    – राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने ।
    -घाममा धेरै नबस्ने, नहिँड्ने, यदि घाममा हिँड्नु परे छाता प्रयोग गर्ने।
    -दुखाइ कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाले टाउकोको दुखाइ एकछिन कम हुन्छ तर फेरि बल्झिन्छ।
    माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। माथि दिइएका उपाय अपनाउन सके यसको दुखाइबाट केही हदसम्म आफूलाई बचाउन सकिन्छ।
    साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अझ सजिलो हुन्छ। किनकि यसले हप्ता वा महिनामा कतिपटक टाउको दुख्ने गर्छ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधिउपचार गर्न सक्नेछन्।
    अन्य केही कारण जसले माइग्रेनको दुखाइलाई बढाउन सक्छन्:
    -कपाल रंगाउनाले।
    -कपालमा पुरानो मेथी र तेल लगाउनाले।
    -राति समयमा नसुत्‍नाले।
    -कसैलाई च्याउ खाँदा पनि दुखाइ बल्झेको पाइन्छ।
    -मनमा धेरै कुरा खेलाउनाले।
    यस लेखकका अनुभवमा बिरामीको जीवनशैलीमा सकारात्मकता ल्याउँदा वा वाञ्छित जीवनशैली अपनाउँदा धेरै खाले माइग्रेन समस्या कम भएर गएको पाइएको छ।
    नर्भिकमा त्यस्ता रोगीमध्ये धेरैको संख्यामा युवावस्थाका किशोरकिशोरी यस लेखकको क्लिनिकमा आउने गरेको पनि तथ्यांक छ। जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउँदै उचित खानपान, आहारव्यवहार एवं औषधोपचारका माध्यमबाट माइग्रेनलाई नियन्त्रण गर्नुका साथै पूर्ण रूपमा निको पार्न सकिन्छ।
    त्यसो त आजको समृद्ध चिकित्सा विज्ञानसँग त्यस्ता खाले समस्याका धेरै र अत्याधुनिक औषधिहरूसमेत उपलब्ध छन्।
    -लेखक नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत स्नायुरोग विशेषज्ञ (अमेरिकन बोर्ड सर्टिफाइड न्युरोलोजिस्ट) तथा चिकित्सा सेवा विभागका निर्देशक हुन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.