×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तस्करको कब्जामा १० अर्ब

  •  
  • सोमबार, पुष २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आशीष ज्ञवाली
    काठमाडौं: भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपैयाँ नेपाल-भारत सीमामा होल्ड भएर बसेको छ।
    भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्नेछ । भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेर जान्छ।
    नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो । नेपाली रुपैयाँ होल्ड भएको अनौपचारिक जानकारी राष्ट्रबैंकमा पनि आइपुगेको छ।
    भारतले असोजदेखि लगाएको नाकाबन्दीपछि नेपालमा अधिकांश इन्धन आपूर्ति तस्करीबाट हुने गरेको छ। सामान्य अवस्थामा मासिक १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ भारतबाट आउने गरेकोमा मंसिरसम्म तीन महिनामा जम्मा १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।
    नेपाल राष्ट्रबैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैधानिक आयात नहुँदा सीमा नाकामा नेपाली रुपैयाँ थन्किएको बताउँछन्। ‘यसरी कति रुपैयाँ सीमामा पुगेको छ अहिले भन्न सकिँदैन, हामी अध्ययन गर्दैछौं’, उनले भने।
    थापाले नेपाली रुपैयाँ होल्ड भएर थुप्रिँदा अर्थतन्त्रमा ठूलो समस्या आउने स्वीकारे। ‘वर्षात्मा आउने खहरेले जसरी सखाप पार्छ, नाकाबन्दीपछि मौलाएको अनौपचारिक अर्थतन्त्रले पनि औपचारिक बजारलाई त्यसरी नै सखाप पार्छ,’ उनले भने।
    काठमाडौंलगायत सहरी क्षेत्रमा अहिले नेपाल आयल निगमले मागको १५ प्रतिशतमात्र इन्धन आपूर्ति गर्न सकेको छ।काठमाडौंका सडकमा सवारीसाधन भने लगभग सामान्य अवस्थाझैं चल्न थालेका छन्।
    पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोतम ओझा नाकाबन्दीले फस्टाउँदै गएको तस्करीका कारण आगामी दिनमा भारतीय रुपैयाँमाथिको परनिर्भरता थप बढ्ने बताउँछन् । ‘पेट्रोलियम पदार्थबाट आउने मासिक तीन अर्ब राजस्व सरकारले गुमाएको छ’, उनले भने, ‘मासिक रूपमा अहिले निगमले एक अर्ब रुपैयाँ मुनाफा गुमाएको छ । यस्तै ५० करोड रुपैयाँ ढुवानीकर्ताले मासिक गुमाएका छन्।’
    ओझाका अनुसार पेट्रोलियम पदार्थको वैधानिक कारोबार कालोबजारीमा गएको छ, जुन अर्थतन्त्रका लागि खतरनाक हुन सक्छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर प्रणाली छ।
    एक सय भारतीय रुपैयाँको एक सय ६० नेपाली रुपैयाँ हुने भए पनि पेट्रोल तस्करले एक सय ८० रुपैयाँसम्म लिएर कारोबार गरेका छन् । सीमावर्ती क्षेत्रमा उपभोग्य वस्तु किनमेल गर्दा एक सय ७० रुपैयाँका दरले खरिदबिक्री हुने गरेको छ।
    नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो।
    ‘बोराका बोरा नेपाली रुपैयाँ सिमानामा होल्ड भएर बसेको छ’, कालोबजारीका बारेमा नजिकबाट हेरिरहेका राष्ट्रबैंकका एक अधिकृतले भने, ‘नाका सहज भएपछि नेपाली रुपैयाँ साट्न भारुको माग बढ्छ। वैधानिक तरिकाले यसको आपूर्ति नभएपछि तस्करहरूले यसको विकल्पमा सुन र चाँदीलाई लिने छन्। विदेशबाट आउने रकम पनि हुन्डीबाट आउने क्रम बढ्छ, जसले नेपाली अर्थतन्त्र थप समस्यामा पार्छ।’
    राष्ट्रबैंकले डलर बिक्री गरेर भारु खरिद गर्छ । यस आर्थिक वर्षको कात्तिकसम्ममा राष्ट्रबैंकले ७६ करोड अमेरिकी डलर बिक्री गरेर ४९ अर्ब भारतीय रुपैयाँ खरिद गरेको छ। रेमिट्यान्सबाट आउने डलर भारतीय रुपैयाँ खरिदका लागि प्रयोग हुने गरेको छ।
    राष्ट्रबैंकका अनुसार बजारमा जाने नगद अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ। ‘अघिल्ला वर्षमा पनि असोज र कात्तिकमा नगद प्रवाह बढ्ने गरेको थियो’, राष्ट्रबैंकका अनुसन्धान विभाग प्रमुख थापाले भने, ‘अहिले बजारमा नगद प्रवाह बढ्नुमा नाकाबन्दी पनि प्रमुख कारण हो।’
     राष्ट्रबैंकका अनुसार अहिले बजारमा तीन खर्ब १२ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको यही समयमा भने दुई खर्ब ४२ अर्ब रुपैयाँ थियो।’नाका खुलेपछि पनि नेपालको निर्यातमा ठूलो सुधार हुने छाँटकाँट छैन’, पूवआपूर्ति सचिव ओझाले भने, ‘अनौपचारिक कारोबार गर्दा भारुको माग अझै बढ्छ।
    औपचारिक माध्यमबाट यसको माग पूरा नभएपछि अनौपचारिक रूपमा पूरा हुँदा सुन तथा चाँदी यसमा प्रयोग हुने सम्भावना छ।’
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.