काठमाडौं । मुकुन्द भट्ट, दिपिका थापा बिचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको सेण्टिमेण्टल भर्सनको ‘निष्ठुरी’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा शिव सेन्चुरीको समेत अभिनय रहेको छ । यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सुन्न सकिन्छ ।
गीतमा हाल स्पेनमा रहेका गीतकार एवम संगीतकार डेकेन्द्र श्रेष्ठको शब्द संगीत रहेको छ ।
सरोज बिस्टले संगीत संयोजन गरेका हुन् । हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
सुदिप श्रेष्ठ सह–निर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो । भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्शन’ मार्फत सावजनिक भएको हो ।


