काठमाडौं । गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘सुस्तरी सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन् ।
वसन्त सापकोटाले संगीतवद्द गरेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । अप्रेशनको क्रममा आमाको मृत्यु भएपछि बुवाले बाचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।




















