×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बोलुँ भने मुख लागे जस्तो, नबोलुँ भने चुप लागे जस्तो

  •  गोरखा समाचार
  • बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि !

    यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !

    सिद्धान्ततः जनताबीचको सम्झौताको उपज हो सरकार । सरकारको काम जनताको कल्याणका लागि क्रियाशील रहनु र यसबापत सत्ताको उपयोग गर्नु हो ।

    तर नेपालमा सरकार भए पो सिद्धान्तका कुरा खोज्नु ! यहाँ त आत्मरतिमा रम्माउने हुल्लडबाजहरूको दबदबा छ । नेपालमा सिद्धान्तले लामो समयदेखि काम नगरेको कन्टिर–बाबूलाई अनुभूत भइरहेको छ ।

    संसदमा प्रतिपक्षी सांसदले ‘नेपालीको रोगप्रतिरोधी क्षमता अरूभन्दा बढी छ भनेर कसले भन्यो ?’ भनी सोध्दा प्रधानमन्त्रीले ठाडै ‘सुन्नु भएन अहिले भर्खर मैले भनेको !’ भनी ओठे–जबाफ फर्काएको हिजोजस्तो लाग्छ । तर एक वर्ष बितिसक्दा पनि नेतृत्वको मूर्खतापूर्ण प्रवृत्ति ज्युँका त्युँ छ ।

    बोलुँ भने मुख लागे जस्तो ,नबोलुँ भने चुप लागे जस्तो । यतिबेला निकै सकस परिरहेको छ कन्टिर–बाबूलाई । नेताहरूको अनपेक्षित व्यवहार र जबाफदेहीविहीन राजनीतिले समाज र मुलुकको अवस्था कहाँ पुगिसक्यो कल्पना गर्न पनि गाह्रो छ !

    केही दिनदेखि कन्टिर–बाबूजस्ता सामान्य कलमजीवीलाई त दिनमा चार–पाँच कल आउने थालेका छन्, आइसोलेसनमा ठाउँ, अस्पतालमा बेड, अक्सिजनको सिलिन्डर, प्लाज्मा, रेम्डेसिभिरका लागि भनसुन गरिदिनुपर्‍यो भन्दै । भने पछि सोच्नुहोस्, अवस्था कति भयावह भइसक्यो !

    त्यसो त यो अकल्पनीय परिस्थितिको दोष सरकारलाई मात्र दोष दिने पक्षमा छैनन् कन्टिर–बाबू । अरे यार यहाँ त सबै दलको हालत उस्तै छ । पालैपिलो सत्ताको सुखभोग राम्रो, जनताको कष्टभोग नराम्रो । हे दैव ! के गर्ने होला ?

    कन्टिर–बाबूलाई लाग्छ– कोरोना कहरको वास्तविक अवस्था सरकार र दलको नेतृत्वलाई थाहा नै छैन । यदि थाहा हुन्थ्यो भने उनीहरू यतिबेला नेपाली समाजले बेहोरिरहेको धरातलीय, तीतो यथार्थप्रति धेर–थोर जबाफदेही अवश्य हुन्थे ।

    यस्तोमा कन्टिर–बाबू सरकार र दलका नेतालाई आग्रह गर्छन्– हे स्वनामधन्यहरू ! तपाईहरू कम से कम एक–दुई घण्टा समय निकालेर एक्ला–एक्लै वा सामूहिक रूपमा यसो एक–दुईवटा अस्पतालको अवलोकन भ्रमण गर्नुहोस् । भ्रमण गर्न डर लाग्छ भने फोन गरेर भए पनि बुझ्नुहोस् ।

    कन्टिर–बाबू सोध्छन्– तर के कोरोना सङ्क्रमित व्यक्ति र तिनको परिवारको अवस्था बुझ्ने, आर्तनाद–चित्कार सुन्ने, तिनलाई सम्बोधन गर्ने समय र हिम्मत छ तपाईहरूसँग ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.