×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अस्वीकारको गोलचक्करमा दलहरूको बदनियत

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू आज अङ्क–गणितको कुरा गर्दैनन् । वैशाख २७ गते संसदभित्र भएको निर्वाचन परिणामअनुसार नेपाली सत्ता राजनीतिको अङ्क–गणितीय हिसाबमा को कति पानीमा रहेछ भन्ने सब छर्लङ्ङ भइ नै सकेको छ ।

    अब संसदीय बिज–गणित र ज्यामितिको योगफल तथा परिणाममात्र थाहा पाउन बाँकी छ । त्यसैले कन्टिर–बाबू पनि यस बेला अरू नेपालीजस्तै पर्ख र हेरको स्थितिमा छन् ।

    संसदको पछिल्लो गतिविधिका सन्दर्भमा कन्टिर–बाबूले चर्चा गर्न चाहेका दुई अलग कुरा छन् । पहिलो कुरा छँदाखाँदाको संसद् विघटन गर्ने बेलामा आल्बाले भनेका थिए, जसरी भए पनि म वैशाख १७ गते र २७ गते चुनाव गराउँछु ।

    त्यसो त ओल्बा पछिल्लो समय रापको दह्रो साथ पाएर राजनीतिक मञ्चमा जस्तो मुडमा प्रस्तुत भइरहेका थिए, त्यस हिसाबले हेर्दा उनले राज्यशक्तिको आडमा ‘जसरी पनि’ चुनाव गराउँथे होलान् । तर बीचमा सर्वोच्च भइदियो बैरी । फ्याट्ट संसद् पुनःस्थापना गरिदियो । नाहकमा वैशाख १७ को तिथि हुसाइदियो ।

    तापनि ओल्बा आफ्नो बोलीमा अडिग रहे, नर्भस भएनन् । उनले वैशाख २७ गतेको तिथिचाहिँ कसैगरी फुत्काउँदिनँ भन्ने अठोट गरे । र प्रतिकूल परिस्थितिका बाबजुद सानो–ठुलो जस्तो परिणाममा भए पनि चुनाव गराइछाडे । संसदमा भएको त्यो विश्वास–अविश्वासको चुनावमा भलै ओल्बा हारे तर उनको यो हिम्मतको चाहिँ दाद दिन्छन् कन्टिर–बाबू ।

    यो प्रसङ्गमा कन्टिर–बाबू डन–साहेब मनाङे कमरेटलाई पनि सम्झिन्छन् । उनले आफू गण्डकी प्रदेशको मन्त्री भए लगत्तै ‘म मन्त्री त भएँ तर यो सरकार १० दिन पनि टिक्दैन,’ भनेका थिए । नभन्दै ११ दिनमा त्यो मन्त्रिमण्डल भस्याकभुसुक भयो । खासमा राजनीति भनेको हुनुपर्ने चाहिँ यस्तै पक्का हो । बोल्यो कि पोल्यो !

    अब कन्टिर–बाबूले उल्लेख गर्न खोजेको अर्को विषय जनताले पाउनुपर्ने तर दलहरूले वञ्चित गराइराखेको अधिकारसँग सम्बन्धित छ । त्यसो त संसदीय राजनीति र बहुदलीय प्रतिस्पर्धाका सन्दर्भमा कन्टिर–बाबूले बुझेका छैनन् ‘तटस्थ’ शब्दको अर्थ के हो ?

    कन्टिर–बाबूले नबुझे पनि जनता समाजवादी पार्टीका महन्त–राजेन्द्रहरूले राम्ररी बुझेकै होलान् र त उनीहरू संसदभित्र भएको निर्वाचनमा तटस्थ बसिदिए । उनीहरूले आफ्नो बसाइ र क्रियाकलापलाई जसरी अर्थ्याए पनि कन्टिर–बाबूले यसलाई महन्त–राजेन्द्रहरूले ‘नो–भोट’ अधिकार प्रयोग गरेको रूपमा बुझेका छन् ।

    त्यस्तै, एमालेका माधव–झलनाथ कमरेडहरू पनि संसदभित्र भएको मतदानमा पार्टी ह्वीपविपरीत अनुपस्थित भए । यसलाई पनि कन्टिर–बाबूले उनीहरूद्वारा ‘नो–भोट’ अधिकार प्रयोग भएको अर्थमा बुझेका छन् ।

    यसरी जब त्यति माथिल्लो स्तरका नेताहरू आफूखुसी र हाकाहाकी अस्वीकारको अधिकार प्रयोग गर्छन् भने त्यही अधिकार जनताले चाहिँ प्रयोग गर्न किन पाउँदैनन् ?

    सर्वोच्चले चार–पाँच वर्षअघि नै जनतालाई हरेक निर्वाचनमा अस्वीकारको अधिकार दिन कानुन बनाउनू भनेर सरकार र दलहरूलाई निर्देशन दिए पनि उनीहरू यो सवालमा ‘घामट’ किन भइरहेका छन् ? कन्टिर–बाबू केही समययता यस्तै गोलचक्करीय हिसाब फरियाउने प्रयत्नमा लागेका छन् ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.