काठमाण्डौँ – गोपाल लोहारको शब्द, बसन्त सापकोटाको संगीत अनि किरण गजमेरको स्वरमा रहेको नयाँ म्युजिक भिडियो किन मायामा’ सार्वजनिक भएको छ ।
सेण्टीमेण्टल भर्सनको गीतको भिडियोमा जाइना कुँवर, प्रभातपाल ठकुरी, सुष्मिता चौधरी बीचको त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ । भिडियोमा दिलीप केसीको समेत अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा तयार पारिएको हो ।
गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।




















