काठमाण्डौँ – गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको गीतमा मायालु प्रतिको प्रेम भाव व्यक्त गरिएको छ । गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ । यस गीतलाई शैलेन्द्र एम प्रधानले संगीत संयोजन गरेका हुन् ।
युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।
‘छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जानेबेला’, ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । भर्खरै सार्वजनिक म्युजिक भिडियो गायक श्रेष्ठको आधिकारिक च्यानल भिम श्रेष्ठ अफिसिएल मार्फत सार्वजनिक गरिएको हो ।




















