काठमाण्डौँ – अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बुको संगीत छ । म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुडा), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ । पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो । तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो ।


