काठमाण्डौँ – इजरायलमा रहेकी नव कलाकार बिष्णु कट्टेल फिचर्ड ‘जलेर खरानी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
यस गीतमा गायक राज लिम्बुको स्वर, शब्द र संगीत रहेको छ । पुस्कर सुनुवारले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा गायक लिम्बु पहिलो पटक फिचर्ड भएका छन् ।
भिडियोमा प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ । बिष्णुको अभिनय तारिफ योग्य छ । जरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक स्रोताबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















