काठमाण्डौँ – अमेरिकामा रहेर नेपाली संगीतमा निरन्तर क्रियासिल गायक लोक पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘निलो कुर्ताले’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोकलयमा आधिरित यस गीतमा गायक पौडेललाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् ।
युवा युवतीबिचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान फिचर्ड छन् । शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् । शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक पौडेलले ‘वाल्ली होइन पल्ली’, ‘कस्तो लाग्यो तिमीलाई’ लगायत केहि भजन गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।


