काठमाण्डौँ – करिव १ वर्ष अघि सार्वजनिक ‘तस्विर’ बोलको म्युजिक भिडियो मार्फत दर्शक स्रोता माझ लोकप्रियता कमाउन सफल गायिका निशा कंडेलले ‘तस्बिर २ ओ प्रिया’ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
प्रेमिल शैलीको यस गीतमा गायिका कंडेललाई गायक अमन प्रधानले स्वरमा साथ दिएका छन् । यस गीतमा शब्द बिष्णुबाबु देवकोटा रहेको छ । अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका टिका दहालले यस गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
युवा युवतीबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल निशा कंडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।


