काठमाण्डौं – गायक तथा संगीतकार शंकर थापाको सुमधुर स्वरमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द राखी गौचनको रहेको छ । स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
पत्नी वियोगको कथा प्रस्तुत गरिएको यस भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको हो ।




















