काठमाण्डौँ – गीतकार सुमन योञ्जनको शब्दमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा दिपा लामा र सुमन केसीको युगल स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।


