काठमाण्डौँ – उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन् ।
किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाले लेखका हुन् । गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन् । ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ । भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन् ।
पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक खतिवडाको आधिकारिक च्यानल ‘निर्दोष माया’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
रक र पप गायन साथमा बाध्यवादन रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन् । उनले ट्रीनिटी कलेज अफ लन्डन बाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन् । यसअघि उनले आजै हो बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।




















