काठमाण्डौँ – गायिका रचना रिमाल र गायक कृष्ण ढकालको युगल गायनमा समावेश ‘टिकटक क्विन ः सुपरम्यान’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ । यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा नायक पल शाह र मोडेल दुर्गेश थापालाई सुपरम्यानका रुपमा देख्न सकिन्छ । गरिमा शर्मा र रुचि बिश्वासलाई टिकटक क्विनका रुपमा देख्न सकिन्छ ।
राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।
चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई शाह प्रडक्शन फिल्म्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । यसै प्रडक्शन हाउस बाट पल शाह अभिनित ुहृदय भरीु छिट्टै रिलिजको तयारीमा छ ।




















