काठमाण्डौँ – अमेरिकाको भर्जनिया राज्य निवासी गायक रमेश कडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मान्छे’ सार्वजनिक गरिएको छ ।
मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतमा वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रहेको छ भने किरण कडेलको संगीत र संगीत संयोजन रहेको हो ।
कलात्मक तरिकाले निर्माण गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको जिवन्त अभिनय देख्न सकिन्छ ।
राजधानीको पशुपतिनाथ मन्दिर वरपर छायांकन गरिएको यस भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ । भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
एउटा स्तरिय सिर्जनामा जोडिन पाएकोमा गायक कडेलले आफु भाग्यशाली रहेको बताएका छन् । यस अघि गायक कडेलको स्वरमा रहेको ुईमेल इन्टरनेटु लगायत थुप्रै गीतहरु चर्चित छन् । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रह गरेका छन् ।




















