काठमाण्डौं – मानव अधिकारवादीहरु बिरोध प्रर्दशनमा प्रहरीले धरपकड गरेको छ ।
सरकारले अदालतलाई प्रभावपार्ने दुष्प्रयास गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि गरेको विरोध प्रदर्शनमा २६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास गरेको, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरेको मानव अधिकारवादीहरुले बताएका छन् ।
प्रदर्शनमा उपस्थित भएका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका २६ प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















