काठमाण्डौं – नोलब कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २३२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप २३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
थप ८ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।




















