एजेन्सी – अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा खटिएका १५० सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार बाइडेनको शपथ ग्रहणमा २५ हजारभन्दा बढी सुरक्षामा खटिएका थिए ।
तिमध्ये १५० जनामा संक्रमण पुष्टि भएको हो । जनवरी ६ मा पूर्व राष्ट्रपति ट्रम्पका समर्थकले बाइडेनको जितलाई वैधानिकता प्रदान गर्ने समारोहमा आक्रमण भएपछि शपथमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।




















