सिन्धुपाल्चोक – कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला सिन्धुपाल्चोक आएका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई दाहाल–नेपाल समूहले अवरोध र्सिजना गरेका छन् ।
उत्त समूहका कार्यकताहरुले इन्द्रावती गाउँपालिका ४ टाकुरेमा बाटोमा रूख ढालेर मेलम्चीबाट प्रवेश गर्न रोक लगाइएको हो ।
अवरोध भए संगै मन्त्री तामाङ बिहानै देखी मेलम्ची बजारमै रोकिएका छन् । मन्त्री तामाङ इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन सिन्धुपाल्चोक आएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादल निकटका तामाङ नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि ओली समूहमा प्रवेश गरका हुन्।
सिन्धुपाल्चोक दाहाल–नेपाल समूहको पकड भएको जिल्लाको रुपमा चिनिन्छ ।




















