बारा – पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया अमलेखगञ्ज सडक खण्डमा जंगलमा पिसाव फेर्न गएका युवकलाई बाघले लगेको आंशका खोजी कार्य सुरु भएको छ ।
निकुञ्जले आज (शनिबार) बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको जनाएको हो ।
अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जले जनाएको छ ।
सडकमा हिडिरहेका पुरुष पिसाब गर्न भन्दै नजिकैको जंगल पसेका थिए । जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेको थियो । घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ । पुरुषको पहिचान हुन सकेको छैन ।




















