नवलपुर – नवलपुरको कावासोतीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका ८ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा कावासोती नगरपालिका ३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती ८ बस्ने २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको हो ।




















