काठमाण्डौँ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी विभिन्न कारणले मृत्यु भएका १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ।
शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो । शव लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान शुक्रबार मलेसिया गएको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी मृत्यु भएका नेपालीहरुको शव ल्याइएको नेपाल बायु सेवा निगमले जनाएको छ ।




















