एजेन्सी – विश्वकै ठुलो औषधि उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको आगलागीमा १ हजार करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको छ ।
सिरमका कार्यकारी अधिकृत अदार पुनावालाले आगलागीबाट १ हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् ।
आगलागीवाट कोरोनाविरुद्ध खोप उत्पादन र आपूर्तिमा भने कुनै असर नपरेको उनले बताएका छन् ।
कोरोना खोप धेरै कारखानाबाट बनारहेकाले आगलागीले असर नपर्ने भएको हो । बीसीजी खोपको आपूर्तिमा भने समस्या हुने उनले जानकारी दिएका छन् ।
कम्पनीमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो । सिरमले आगलागीमा मृत्यु भएका ५ जनाको परिवारलाइर्ए जनही २५ लाख उपलब्ध गराउने घोषणा गरेको छ ।




















