एजेन्सी – भारतको कर्नाटक राज्यमा जिलेटिन बोकेको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।
मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति विष्फोट हुदा ८ जनाको मृत्यु भएको हो ।
विष्फोटपछि फैलिएको गन्ध र अँध्यारोका कारण उद्धारको काममा प्रभाव परेको भारतीय सरकारले जनाएको छ । विस्फोट भएको स्थानमा अझै विष्फोटक पदार्थहरु बाँकी भएको आशंकामा बम डिस्पोजल टोली समेत पठाइएको छ ।
प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन ।
विस्फोट भएको क्षेत्रको धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।




















