बलिउड नायिका सारा अली खानले सुशान्तसँग बसेर ड्र’ग्स लिएको कुरा इ’न्कार गरेकी छन्। सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मामिलामा नाम आएपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले सारालाई सो’धपुछका लागि ब्युरोमा बोलाएको थियो।
त्यस सोधपुछका क्रममा साराले आफूलाई ड्र’ग्स वि’वादबाट जतिसक्दो टाढा राख्ने कोसिस गर्दै आफूले ड्र’ग्स न’लिएको जिकिर गरेकी छन्। एनसिबीले ड्र’ग्स मा’मिलामा जोड दिँदै सारासँग विभिन्न किसिमका प्रश्न सोधेको छ। तर सारा आफूले कहिल्यै ड्र’ग्स न’लिएको लगातार भनिरहेकी छन्।
आफूले कहिल्यै ड्र’ग्स न’लिएको बताउने साराले सुशान्तसँग बसेर चु’रोट पि’एको कुरा भने स्वीकार गरेकी छन्। `केदारनाथ´ फिल्मका दौरान सुशान्त र सारा एक अर्कासँग नजिकिएका थिए। दुबैको बीचमा राम्रो दोस्ती भएको थियो। त्यसैबेला सुशान्त र साराले मिलेर चु’रोट पि’उने गरेको बताइएको छ।


