सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा नाम आएपछि शनिबार एनसिबीले बलिउडका ३ ठुला अभिनेत्रीहरूसँग सोधपुछ गर्यो। ड्र’ग्स मा’मिलामा नायिका दीपिका पाडुकोण, सारा अली खान र श्रद्धा कपुरको नाम अगाडि आएपछि उनीहरूसँग सो’धपुछ गरिएको हो।
दीपिकासँग ५ घण्टा, सारासँग ५ घण्टा र श्रद्धासँग ६ घण्टा गरि एनसिबीले जम्मा १६ घन्टा यी अभिनेत्रीहरूसँग सो’धपुछ गर्यो। सो’धपुछका क्रममा अभिनेत्री दीपिका पाडुकोणले निकै अ’सहज महसुस गरेको बताइएको छ।
एनसिबीका धेरैजसो प्रश्नहरूमा दीपिका मौन रहेको र सोधपुछका दौरान ३ पटक उनी रोएको सूत्रले बताएको छ। दीपिकाको रुवाइलाई एनसिबीले इ’मोस्नल ब्ल्या’कमेलका रूपमा लिएको र यसले एनसिबीको सो’धपुछमा कुनै फरक नपर्ने बताइएको छ।
अभिनेत्रीहरूले सकेसम्म आफूलाई ड्र’ग्स वि’वाददेखि टाढा राख्ने कोसिस गर्दै आफूहरूले कहिल्यै यस्तो न’शा नलिएको जिकिर गरेका छन्। एनसिबीले सबुत जम्मा गर्न यी तीनै नायिकाहरूको मोबाइल फोन ज’फत गरेको छ।


