कोरोना भाइरसको संक्रमणपछि समाजमा परेको बेरोजगारको समस्या तथा त्यसले पारेको प्रभावलाई समेट्दै छोटो चलचित्र बेरोजगारीको पीडा तयार पारिएको छ ।
गान्धिभ प्रोडक्सन तथा एलएण्डएन मोडल एजेन्सीले निर्माण गरेको उक्त चलचित्र यूट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रका लेखक तथा निर्देशक रोमियो एनकेका अनुसार सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नु पर्दछ भन्ने मुल नाराका साथ उक्त चलचित्र निर्माण गरिएको हो ।
उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार तथा समाजसेबी गान्धिभ सुवेदीका साथै मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा, बाल कलाकार लक्क्ष कर्ण छन् भनु रोमियो एन के ९ नितिन० ले पनि यो चलचित्रमा अभिनय गरेका छन् । उक्त चलचित्रको छायांकन र सम्पादन दिपक अधिकारीले गरेका हुन् ।
लकडाउन खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दुरि कायम गर्दै ग्वार्को इमाडोलस्थित आँगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायांकन गरिएको छ । चलचित्रलाई गान्धिभ सुवेदी यूट्युब च्यानलबाट रिलिज गरिएको छ ।




















