×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एकै मञ्चमा गुञ्‍जिए ५० देशका राष्ट्र गान

  •  गोरखा समाचार
  • आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रिय गानसहित विश्वयात्राको अभियानमा रहेका बागलुङका गायक रामजी नेपालीले एकै मञ्चमा ५० देशका राष्ट्रिय गान प्रस्तुत गरेका छन् । स्वास्थ्य सुरक्षासहित सिमित अतिथी, पत्रकारको उपस्थिति तथा भर्चुअल (जुम, युट्युव र फेसबुक) मार्फत प्रत्यक्ष लाइभ गरिएको कार्यक्रममा गायक नेपाली करिब दुई घण्टा ५० देशका राष्ट्रिय गान गाएका हुन् ।

    कोरोनाबाट टुटेको विश्वलाई जोड्न विश्वबन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाहका लागि विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न देशका राष्ट्रिय गान प्रस्तुत गरेको नेपालीले बताए ।

    कार्यक्रममा नेपालसहित भारत, चीन, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायतको देशका राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । विश्वका २ सय ३२ देशमा पुग्ने नेपालीको महत्वकांक्षी लक्ष्य छ । १ सय ९४ देशको राष्ट्रिय गान गाएर विश्वका ७ अरब ७६ करोड मानिसलाई नेपालबारे जानकारी दिने अभियान र यात्रामा रहेका उनी कोरोना संकटका कारण अहिले गृह जिल्लामा छन् ।

    कोरोना संकटअघि गायक नेपालीले विश्वयात्राको अभियानका क्रममा विभिन्न देशको राष्ट्रिय गान गाउँदै फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्याण्ड र भारतको भ्रमण गरिसकेका थिए ।

    बंगलादेश जाने क्रममा कोरोना भाइरसको भयावहपछि यात्रा रोकिएको छ । ‘नेपालको राष्ट्रिय झण्डा बोकेर राष्ट्रगान गाउँदै विश्वका माझमा नेपाललाई चिनाउने बृहत अभियानको यात्रामा छु, ‘ नेपालीले भने, ‘यो महत्वकांक्षी योजनाजस्तो लागेपनि मलाई देश प्रतिको दायित्वबोधले सम्भव बनाउन सक्छु भन्ने आत्मविश्वास छ ।’

    यसलाई विश्वको राष्ट्रगानको भावनाले जोड्ने भएकाले सबैबाट सहयोग र सद्भाव प्राप्त हुने विश्वास समेत व्यक्त गरे । अब कोरोना सहजता पछि अरु देशको यात्रामा जाने उनले बताए । सन् २०१५ सालदेखि देशका पहिचानका लागि पृथक भूमिका र योगदान दिने सोचले विभिन्न देशको राष्ट्रिय गानसहितको विश्वयात्राको अभियानमा लागेको उनको भनाई छ ।

    विभिन्न भाषा र भाकामा रहेको दर्जनौं देशका राष्ट्रिय गान गाउन सक्नु पृथक क्षमता भएको नेपालीका सांगीतिक गुरु जीवन आचार्यले बताए । ‘गायक नेपाली ०४७ साल सेरोफेरोबाटै सामाजिक जागरण, सचेतनाका गीत गायनमा सक्रिय हुनुहुन्थ्यो,’ आचार्यले भने, ‘देश चिनाउने अभियानमा यस्तो अद्भुत प्रतिभाको भावनालाई हामी सबैले कदर, सम्मान र सहयोग गर्नुपर्दछ । यो समग्र जिल्ला र देशकै लागि गौरवको विषय हो ।’

    कोरोना कहरले समस्या र सकसमा परेका विश्व समुदायलाई भर्चुअल माध्यमबाट सकरात्मक सन्देश सञ्चारका लागि कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अविरल’ले बताए । जिल्लाका प्रतिभाशाली गायकले देश प्रतिको अगाध प्रेम प्रकट गर्ने गरी थालेको अभियानलाई कोरोना कहर पछि फेरी सुरु गर्ने संकेत र सन्देश पनि कार्यक्रम मार्फत दिएको सचिव थापाले बताए ।

    राष्ट्रिय गान र विश्वयात्रामा सक्रिय नेपाली व्यवसायिक रुपमै गायनमा सक्रिय कलाकार हुन् । ०५२ सालमा ‘घुम्न जाउँला कान्छी बागलुङ बजार’ बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका नेपालीको ०५९ सालमा युवाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सपनीमा तानेको गाँजा, अहिले मलाई लाइराछ नमजा’ गीतले सर्वाधिक चर्चा बटुलेको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.