गीतकार ज्योति गुरुङको रचना ‘यो कस्तो माया’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।
वियोगान्त गीतमा गायिका मेलिना राईको स्वर रहेको छ । अर्जुन सुनमको संगीत रहेको गीतको एरेन्ज बिबी अनुरागीले गरेका हुन् ।
कुशल श्रेष्ठले निर्देशन गरेको भिडियोमा ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुले अभिनय गरेका छन्।
भिडियोको छायांकन बेलायतमा भएको हो । छायांकन छायांकन र सम्पादनमा समेत निर्देशक श्रेष्ठको मिहिनत रहेको छ ।




















