गायक छेसाङ्ग लामाको आवाज रहेको ‘माया…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ । उक्त गीतमा गायक लामाकै शब्द तथा संगीत सुन्न सकिनछ ।
गायक उदेश श्रेष्ठ र छेसाङ्गले संगीत संयोजन गरेको यो गीतलाई उदेश श्रेष्ठले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् ।
दिनेश पराजुली र पुजन पोखरेलद्वारा छायांकन गरिएको उक्त भिडियोमा दिनेश ओलीको सम्पादन, रञ्जन न्यौपानेको कलर करेक्सन तथा पर्वत भुजेलको ग्राफिक्स रहेको छ ।
भिडियोमा छेसाङ्ग लामा र सुजाता लामाले अभिनय गरेका छन् । गीतलाइ योहो टेलिभिजनको युट्यूबाट सार्वजनिक गरिएको हो ।


