दशैं विशेष गीत–संगीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बाल गायिका रबिना बसेलले बालापनको रसिलो स्वरमा ‘मेरो बाबा’ शीर्षकको दशैं गीत गाएकी छिन् । गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको उक्त गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीतवद्ध गरेका छन् ।
धुन कला केन्द्रमा रेकर्डिङ भएको यो गीतलाई गोबिन्द सोनीले मिक्सिङ गरेका छन् । उक्त गीतको आकर्षक म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा बाल कलाकार अकेशा पोखरेलको प्रमुख भूमिका छ।
भिडियोमा कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले पनि अभिनय गरेका छन् । भिडियोलाई मञ्जु बञ्जाडेले निर्देशन गरेकी हुन्। भिडियोलाई भावसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ ।




















