नारायण गोपालको गीतहरु गाउदै सामाजिक संजालमा निकै भिराल बनेका जन्तरे मामा अमित राईको नयाँ गीत सार्वजनिक भएको छ । राईको पहिलो गीत भने यस अघिनै सार्वजनिक भइसकेको छ । जन्तरे मामा भनेर चिनिने अमित कुमार राई र गायिका एलिना चौहानको ‘कोपिला जस्तो जोवन’ बोलको गित मंगलबार बेलुका सार्वजनिक भएको छ ।
उमेरले बुढो भएपनि अझै सुरिलो आवाजका धनि राईलाई देश विदेशबाट धेरैको माया मिलिरहेको छ । ‘कोपिला जस्तो जोवन’ युवा मन नेपाल नामक युटुब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो ।
गीतमा कृष्ण उदासीको शब्द रहेको छ भने बादल लिम्बुले संगित दिएका हुन् । सो गीतमा जन्तरे मामासँगै छबि श्रेष्ठ, एलिसा पोख्रेल र जमुना राईको मुख्य अभिनय रहेको छ । गीतको छाँयाकन इलाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ । गीतको निर्मातामा भवन् आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमाङले गरेका छन् ।


