नेपाली सिने क्षेत्रमा रुचाईएको जोडिमा पर्छन पुजा शर्मा र आकाश श्रेष्ठको जोडि । यो जोडि अभिनित एक गीतको भिडियो युट्युबमा सार्बजनिक भएको छ । फिल्ममा एकसाथ काम गरेका यो जोडि फाट्टफुट्ट म्युजिक भिडियोमा पनि संगै देखिने गरेका छन् । सार्बजनिक ‘चान्चुन पैसा’ बोलको गीतमा पुजा आकाशको जोडिलाई धेरैले तारिफ गरेका छन् ।
गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । गीतको शब्दलाई भने प्रल्हाद दासले लेखेका हुन् । सुबाश भुषालको संगीत समाबेश रहेको गीत लोक शैलीको रहेको छ । गीतलाई पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका हुन् ।
भिडियोमा पुजा र आकाशले मज्जाको ठुम्का हानेका छन भने यी २ संगै भिडियोमा सन्तोष बानिया र गिता ढुंगाना पनि फिचर्ड रहेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । टन्नै कोरस डान्सरहरु राखेर भिडियोलाई आकर्षक शैलीमा तयार गरिएको छ ।
सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । एसथ्रीके ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्बजनिक भिडियो यो समाचार तयार पार्दै गर्दा १ लाख ५४ हजार बढी भ्युज बटुल्दै युट्युब नेपाल ट्रेन्डिङको २९ औ स्थानमा उक्लिसकेको छ भने यो क्रम बढ्दो रहेको छ । भिडियोलाई ११ हजार बढिले लाईक गरेका छन् ।
हेर्नुस् भिडियो ।




















