×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘तिम्रो आँखाको भाकामा’ लिएर आए डा. ध्रुव (भिडियो)

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वरिष्ठ बालरोग विशेषज्ञ डा. ध्रुव श्रेष्ठ आफ्नो पहिलो गीत ‘तिम्रो आँखाको भाकामा’ लिएर आएका छन्। डा. श्रेष्ठको उक्त गीत सनुप पौडेलले गाएका छन्। संगीत भने सुमन रञ्जितकारले भरेका छन्। संगीत संयोजन तथा एरेञ्ज विवेक शाक्यले गरेका हुन्। डा. श्रेष्ठ भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल र भक्तपुर नपाले चलाएको जनस्वास्थ्य केन्द्रमा काम गर्छन्।

    उनले उक्त गीत सुरुमा आफ्नी प्रेमिका सरु बुढाथोकीलाई सम्झेर सन् २००८ मा कविताको रुपमा लेखेको जानकारी दिए। उक्त कविता सरुलाई समेत राम्रो लागेको डा. श्रेष्ठ सुनाउँछन्। ‘उनलाई सम्झेर कविता लेखेपछि फोनैमार्फत सुनाएँ’, उनले भने, ‘कविता सुनेर उनले कविता राम्रो भएको बताइन्।’

    त्यसबेला डा. श्रेष्ठ एमबीबीएस सकाएर सुनसरीको धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानको शिक्षण अस्पतालमा इन्टर्न गर्दै थिए। सरु त्यहीं अस्पतालकी नर्स थिइन्। सँगै काम गर्ने बेला आफूहरु मायाप्रेममा परेको र त्यहीं बेला डा. श्रेष्ठले सरुको लागि उक्त गीत लेखेका थिए।

    पछि यसलाई सन् २०१३ मा गीतको रुपमा तयार गरिएको उनले स्पष्ट पारे। जसबेला डा. श्रेष्ठ र सरुको विवाह भइसकेको थियो। अहिले उनीहरुको एक छोरासमेत छन्। उक्त गीतको म्युजिक भिडियोसमेत तयार गरिएको छ। जसमा डा. श्रेष्ठ र उनकी जीवनसंगिनी सरुले अभिनय गरेका छन्। म्युजिक भिडियोमा डा. श्रेष्ठ र सरुको भेट भएको दिनदेखि हालसम्मको अवस्थालाई फिचरिङ गरिएको छ।

    ओएसआरले युट्युबमा सार्वजनिकसमेत गरिसकेको म्युजिक भिडियोको निर्देशन जीवन आचार्यले गरेका हुन्। त्यस्तै जीवन रिजालले खिचेको उक्त म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका छन्। लकडाउनकै बीच काठमाडौंको दक्षिणकाली क्षेत्रमा उक्त म्युजिक भिडियो खिचिएको थियो। उक्त गीतको म्युजिक भिडियो बनाउने कुरा हुँदा व्यवसायिक कलाकारलाई फिचरिङ गर्ने प्रस्ताव आएको थियो तर डा. श्रेष्ठले आफूहरु नै खेल्ने बताएपछि गायक, निर्देशकलगायत सबै तयार भएको बताए।

    सुरुमा डा. श्रेष्ठ आफैले उक्त गीत गाएका थिए। धेरैपटकको प्रयासमा पनि आफूलाई आफ्नै आवाजमा चित्त नबुझेपछि अरु गायकको खोजी गर्ने क्रममा सनुप पौडेल फाइनल भएको उनी सुनाउँछन्। ‘क्लासिकल लयमा कसले गीतलाई न्याय गर्नसक्छ भन्दा गायक सनुप पौडेलको नाम आएको थियो’, उनले थपे, सोहीअनुसार प्रस्ताव गर्दा उहाँले तत्कालै स्वीकार गर्नुभयो।’ गायक सनुपले आफूले सोचेभन्दा धेरै राम्रो गरी क्लासिकल लयमा उक्त गीत गाएको डा. श्रेष्ठ बताउँछन्।

    ‘सन् २०१३ मा गीतको रुपमा विकास गरेपछि म आफैले यो गीत गाउने प्रयास गरेँ’, उनले थपे, ‘सन् २०१६ सम्म २/३ पटक रेकर्ड पनि गरेका थियौं तर हामी दुवैलाई चित्त बुझेन।’ डा. श्रेष्ठले आफैले गीतसंगीतसम्बन्धी प्रशिक्षण लिएका छन्। उनले भक्तपुरका वरिष्ठ संगीतकार एवं गायक रोशनराज राजभण्डारीसँग गायन र संगीतको प्रशिक्षण लिएका थिए। त्यसैले उक्त गीत आफैले गाउने प्रयास गरेका थिए।

    गीत चित्त नबुझेपछि दुईतीन वर्ष त्यत्तिकै रह्यो। डा. श्रेष्ठ दम्पतीले यसबीच छोरा पाए। झन् व्यस्तता बढ्यो। उनी आफै एमडी गर्न व्यस्त भए। व्यस्तताको बीच आफ्नो पहिलो गीतलाई मर्न दिने पक्षमा थिएनन् डा.श्रेष्ठ। त्यसैले सिद्धि स्मृति अस्पतालका सहकर्मी गायक रोशन धौभडेल र संगीतकार सुमन रञ्जितकारबीच गीतबारे कुराकानी भइरहन्थ्यो।

    यसैबेला कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारी आयो। उक्त महामारीबारे सिद्धि स्मृति प्रतिष्ठानले जनचेतनामूलक गीत निकाल्ने तयारी थाल्यो। त्यहीं बेला डा. श्रेष्ठको गीतले पुनर्जीवन पाउने मौका पायो। प्रतिष्ठानको जनचेतनामूलक गीत सँगसँगै डा.श्रेष्ठको गीत रेडर्क भयो। अहिले गीत तथा म्युजिक भिडियो तयार भएर सार्वजनिकसमेत भइसकेको छ।

    डा. श्रेष्ठले आफूसँग अझै ३–४ वटा गीत रहेको बताए। यस गीत सर्वाजनिक भएसँगै गीतसंगीतमा लाग्ने हौसला मिलेको उनी सुनाउँछन्। उनी फुर्सद हुनेबित्तिकै गीत गुनगुनाउने गर्छन्। डा. श्रेष्ठ चित्रसमेत कोर्ने गर्छन्। चिकित्सक बन्नुअघि चित्र कोरेरै दिन बिताउने गरेको उनको भनाइ थियो। ती चित्र प्रदर्शनी गर्ने धोको रहेको उनले बताए। ‘चिकित्सकबाट रिटाएर भएर गीतसंगीत र चित्रकलामा लाग्ने सोच बनाएको छु’, डा. श्रेष्ठले थपे, ‘कला र गीतसंगीतमै मन भुलाउने इच्छा छ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.