पछिल्लो पुस्ताको चर्चित कलाकार जोडी हो निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी । चलचित्र लुटको निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका निश्चलले पछिल्ला दिनमा अभिनय यात्रामा पनि हात हालेसँगै यो जोडीको चर्चा थप चुलिएको हो ।
अभिनयको अलावा यो जोडीले ब्यापरिक प्रयोजनको प्रचार प्रसारको काममा पनि हा हालेका छन् । यो चर्चित जोडीले आइएस्पी कम्पनी भायानेटका ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् ।
विगत २० वर्षदेखि ग्राहकको सेवामा रहेका भायानेटको आधिकारिक ब्राण्ड एम्बेसडर बन्दै उनीहरुले भायानेटसँगको सम्झौतामा हस्ताक्षर पनि गरिसकेका छन् ।
भायानेटले हरेक वर्गका दर्शकमाझ परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवर्धन प्रभावकारी ढङ्गले आफ्ना ग्राहकहरू समक्ष ल्याउनको लागि आबद्ध गरेको जनाउँदै भायानेटका सिइओ सेवा पाठकले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् ।


