लोकप्रिय नायिका नन्दिता केसीको आज जन्मदिन परेको छ। आजकै दिन अर्घाखाँची जिल्लाको नरपानी गाविसमा जन्मिएकी नन्दितालाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।
भिमबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मेकी नन्दिताको जन्मदिनमा शुभचिन्तक र आफन्तहरुले उनको उत्तर उत्तर प्रगतीको कामना गरेका छन् ।
इन्द्रेणी चलचित्रबाट रजतपटमा प्रबेश गरेकी नायिका नन्दिता केसीले चलचित्र बाटो मुनिको फूल, मालतीको भट्टी, लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
म्यूजिक भिडियोमा अभिनय गरेर समेत सफलता कमाएकी यि सुन्दरी पछिल्ला दिनमा अभिनय यात्रालाई चटक्कै छाडेर अमेरिका बसाइमा लागेकी छिन् ।




















